site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रश्नै–प्रश्नको कठघरामा मेयर बालेन, तर दिन चाहँदैनन् जवाफ
फाइल तस्बिर ।

काठमाडौं । निजी जग्गामा डोजर चलाउने महानगरको कदमविरुद्ध स्थानीयले सभागृह घेराउ गर्ने थाहा पाएपछि मेयर बालेन्द्र शाह (बालेन) आज सबेरै राष्ट्रिय सभागृहस्थित कार्यालयमा पुगे । त्यसपछि वडा नम्बर ३१ शंखमूलमार्गस्थित अनमोल ब्याङ्क्वेट रहेको निजी जग्गामा नगरप्रहरीले डोजर चलाएपछि धनी सायल महर्जनसहित स्थानीयले महानगर कार्यालय घेराउ गरे ।

त्यतिबेला मेयर बालेन एकपकट पनि बाहिर निस्किएनन् । ढिलो गरी उपमेयर सुनिता डंगोल धर्ना गरिरहेकाहरूसमक्ष पुगिन् । स्थानीयले उनलाई पर्चा दिए । 

'माथिबाट आदेश आएको' भन्दै गरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे नेतृत्वको बलले 'बिनाप्रमाण' गत पुस २८ गते डोजर चलाएको थियो । एसपी पाण्डेले ‘जवाफ चाहिने भए महानगर आउनू’ भनेपछि महर्जन पटक–पटक महानगर पुगेका छन् । उनले मेयर बालेनलाई भेट्न खोजिरहेका छन् । तर, बालेनले भेट्न मान्दैनन् । 

Dabur Nepal
NIC Asia

महर्जन आफू अब न्यायको अनुभूति नभएसम्म महानगरविरुद्ध लडिरहने बताउँछन् । महानगरले बिनाप्रमाण, बिनाआधार, बिनासूचना क्षेत्राधिकार मिचेर डोजर आतंक मच्चाएको आरोप उनीसहित स्थानीयको छ ।

यसैगरी खुलामञ्चमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ बनाउने बालेनको निर्णयको चर्को आलोचना भयो । स्थानीयले बालेनलाई ध्याकर्षण गराउन पुस १८ गते महानगर कार्यालयमा प्रदर्शन गरे । त्यसपछि मेयरलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको थियो । तर बालेनले भेट्न मानेनन् । सम्पदा संरक्षणकर्मी र स्थानीयले उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाए । उपमेयरले डंगोलले टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ बनाउन नहुने जवाफ दिइन् । 

खुलामञ्च महानगरको २८ नम्बर वडामा पर्छ । वडाध्यक्ष भाइराम खड्गीले पनि खुलामञ्च खुला नै राख्नुपर्ने बताउँदै आएका छन् । 

कात्तिक २९ गते बालेनको अध्यक्षतामा बसेको दशौँ कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल अन्डरग्राउन्ड पार्किङ’ निर्माण गर्ने प्रस्ताव पारित गरेको थियो । महानगरले खुलामञ्चमा पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना निर्माण गर्ने योजना अघि सार्दा उत्पन्न भएको विवाद जारी छ । 

गत मंसिर दोस्रो साता बागबजार क्षेत्रको पार्किङ एकाएक हइटायो । एक लाइन पनि पार्किङ गर्न नदिएपछि मंसिर १५ गतेदेखि त्यहाँका व्यवसायीहरू आन्दोलित भए । एक लाइन भएपनि पार्किङ गर्न पाउनुपर्ने माग उनीहरूको थियो । तर माग सम्बोधन भएन । 

पुस ३ गते आइतबार नगरप्रहरी टोली अनामनगरस्थित निजी जग्गामा पार्क गरिएका सवारीसाधन उठाउन पुग्यो । महानगरले आफ्नै जग्गामा पनि पार्किङ गर्न नदिएको भन्दै विवाद हुँदा स्थानीय, नरप्रहरी र ट्राफिक प्रहरीबीच झडपको स्थिति नै बन्यो ।

महानगरविरुद्ध उत्रिएका सर्वसाधारणले नगरप्रहरीको सवारीसाधन लोड गर्ने गाडी नै चार घण्टा कब्जामा लिए । त्यसपछि महानगरका नगरप्रहरी प्रमखु एसपी पाण्डेले निजी जग्गामा पार्किङ गर्न पनि नक्सापास हुनुपर्ने अभिव्यक्ति दिए । उनको अभिव्यक्तिलाई लिएर स्थानीय झनै आक्रामक बने ।

फुटपाथ व्यापारीले ज्ञापनपत्र बुझाउँदा पनि बालेनले भेटेनन् । 

महानगरले फोहोरमैला व्यवस्थापनको दिर्घकालीन योजना पनि अघि बढाउन सकेको छैन । स्यानिटरी ल्यान्डफिल साइट बञ्चरेडाँडाका स्थानीयले जुकसुकै बेला अवरोध गर्ने जोखिम कायमै छ ।

व्यापारी कम्प्लेक्सको हकमा अन्डरग्राउन्ड पार्किङ खुलाउने अभियान अलपत्र परेको छ । पार्किङ प्रयोजनका लागि नक्सापास गरिएका कम्प्लेक्स पुरानै शैलीमा फर्किसकेका छन् । 

सार्वजनिक शौचालय प्रयोगमा ल्याउने नाममा सम्झौता गरेकै निजी संघसंस्थाहरूले महानगरलाई घात गरेका छन् । महानगरले राजस्व मिनाहा गरिदिने आशमा सम्झौता गरेका संघसंस्थाहरूसँगको सहकार्य अलपत्र छ । आफ्नो सार्वजनिक शौचालय व्यवस्थित नगर्ने तर शुल्क उठाउने निजी शौचालय सार्वजनिक गर्नुपर्ने प्रावधान प्रभावकारी नभएको स्थानीयको गुनासो छ । 

बालेन नेतृत्वको महानगरले टुकुचा त खोतल्यो । तर, त्यसपछिको अवस्था बेवारिसे छ । 

सुकुम्बासी व्यवस्थापनमा पनि महानगर चुकेको छ । 

टुकुचा खोतल्ने, अवैध घर–टहरामा डोजर चलाउने, फुटपाथ हटाउने, फोहोर व्यवस्थापन गर्न बालेनका सुरुवाती काम हुन् । तर उनका अधिकांश कदम विवादित बनेका छन् । 

बालेनले केही महिना पहिलेदेखि फुटपाथ व्यापारीबाट ठेला खोस्ने अभियान चलाएका छन् । फुटपाथ व्यापारीमाथिको ज्यादतीविरुद्ध पनि चर्को विरोध भइरहेको छ । 

वडादेखि विभागसम्म सीसीटीभी जडान गर्ने योजना पनि अलपत्र परेको छ ।

अर्कोतर्फ मेयरलाई भेट्न निकै गाह्रो हुने गरेको गुनासो महानगरबासीको छ ।

महानगरको नगरसभा र अधिवेशनमा वडाध्यक्षहरूले पनि बालेनविरुद्ध बोल्न थालेका छन् । 

गहन अध्ययन नै नगरी डोजर एक्सनमा उत्रिँदा बालेनको कदम प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँछन् । 

बालेनसँगै महानगर प्रहरी प्रमुख एसपी पाण्डे पनि विवादित बनेका छन् । सुत्केरी महिला नगरप्रहरीलाई बिदा नदिएको, घुस खाने गरेको गम्भीर आरोप लाग्दा पनि उनीमाथि छानबिन भएको छैन ।

बरु नगरप्रहरी प्रमुख पाण्डे बालेन नेतृत्वको महानगरले उदाहरणीय काम बताउने गरेका छन् । फुटपाथ व्यवस्थापन, अन्डरग्राउन्ड पार्किङ समस्या, फोहोरमैला व्यवस्थापनमा सुधार आएको उको भनाइ छ । 

बालेन आफू भने नतिजा देखिन समय लाग्ने बताउँछन् । अझै चार वर्ष बढी कार्यकाल बाँकी रहेकाले नतिजा देखिन समय लाग्ने भनाइ उनको छ । 

मेयरका प्रमुख स्वकीय सचिव भूपदेव शाह भने सर्वसाधारणसँग भेटघाटको काम भइरहेको बताउँछन् । “मेयरको काम आम नागरिकलाई भेट्ने नै हो । उहाँले भेटिरहनुभएको छ । आम जनताको गुनासो सुनिरहनुभएको छ । आजकै नगरसभामा पनि जग्गा विवादको बारेमा जवाफ दिएका छन्,” उनले भने । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro