site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नेपथ्यले अस्ट्रेलियाका आठ सहरमा सांगीतिक यात्रा गर्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । लोकरक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ । यसअघि सन् २०१९ को डिसेम्बरमा नेपथ्यले आफ्नो श्रृंखलाबद्ध प्रस्तुतिसहित अस्ट्रेलियाका ६ सहरको सांगीतिक यात्रा गरेको थियो । यसपटकको यात्रामा भने नेपथ्यले आठ सहरमा आफूलाई प्रस्तुत गर्दै छ ।

‘मानवताका लागि संगीत' नामको सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै मात्र एक महिना लामो देशव्यापी यात्रा सफलतापूर्वक सम्पन्न गरेको थियो । त्यतिबेला मुलुकभर सडक आश्रितहरूको क्षेत्रमा सेवारत ‘मानवसेवा आश्रम’सँगको सहकार्यसहित सातै प्रदेशका दस सहरमा कार्यक्रम प्रस्तुत गरिएका थिए । अपेक्षाकृत सफलतासहित सम्पन्न यात्राले संगीतको माध्यमबाट मानवता प्रबर्द्धन गर्न सफल भएको थियो ।

05 Nepathya performing on stage1674058978.JPG

Prabhu Bank
Agni Group
NIC Asia

"सोही यात्राको प्रतिक्रियाबाट प्रेरित भएर हामीले सन २०२३ भरि हाम्रा सबै प्रस्तुतिहरूलाई ‘मानवताका लागि संगीत’ को नारासहित मानवता प्रबर्नद्धन अभियानको श्रृंखलाको रूपमा प्रस्तुत गर्ने विचार गरेका छौँ," नेपथ्यका अगुवा अमृत गुरुङ भन्छन् ।

नेपथ्य 'म्युजिक फर ह्युम्यानिटी' अस्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रा जनुअरी २५ मा डार्बिनस्थित ‘इन्टरटेनमेन्ट सेन्टर’ बाट  प्रारम्भ हुनेछ । त्यसपछि जनवरी २८ तारिखमा एडिलेडस्थित ‘हिन्डले म्यूजिक हल’मा र जनवरी ३१ मा ब्रिसबेनको ‘फोर्टिच्युड म्युजिक हल’ मा सम्पन्न भएसँगै चौथो प्रस्तुतिका लागि अस्ट्रेलियाको राजधानी क्यानबेरामा पुग्ने छ ।

Global Ime bank

फेब्रुअरी ३ तारिख शुक्रबारका दिन त्यहाँस्थित ‘म्येनिङ क्लार्क हल, काम्ब्री’मा ब्यान्डले प्रस्तुति दिनेछ । यसअघि पाँचपटक अस्ट्रेलियाको भ्रमण गरिसकेको ब्यान्डका लागि राजधानी क्यानबेरामा भने यो पहिलो अनुभव हुनेछ ।

पाँचौ कन्सर्टका लागि ब्यान्ड ‘वेस्टर्न अस्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुग्नेछ । फेब्रुअरी ५ तारिख आइतबारका दिन ब्यान्डले त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा आफूलाई उभ्याउनेछ ।

त्यसपछिको नेपथ्यको यात्रा पृथ्वीको दक्षिणी गोलार्द्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरूले भरिएको सहर सिड्नीको हुनेछ । अस्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्यान्डले फेब्रुअरी १० तारिख शुक्रबारको दिन आफूलाई ‘होडर्न पभिलियन’मा प्रस्तुत गर्नेछ ।

04 Nepathya performing1674058978.JPG

सिड्नीपछि नेपथ्यको यात्रा ‘भिक्टोरिया’ राज्यतर्फको हुनेछ । उक्त राज्यको राजधानी मेलबर्नमा ब्यान्डले १३ फेब्रुअरी सोमबारका दिन आफूलाई प्रस्तुत गर्नेछ । कन्सर्टका लागि त्यहाँस्थित ‘फोरम मेलबर्न’ हलको छनोट गरिएको छ । सो हल मेलबर्नकै केन्द्र मानिने फ्लिन्डर्स रेलवे स्टेसन नजिकै रहेको छ ।  

त्यसपछिको नेपथ्यको यात्रा अस्ट्रेलियाकै पुछारतर्फको हुनेछ । अस्ट्रेलियाको बेग्लै टापुमा बसेको राज्य तास्मानियामा अन्तिम कन्सर्टका लागि नेपथ्य पुग्नेछ । त्यस राज्यको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन नेपथ्यका लोकभाकाहरू घन्कने छन् ।

03 Nepathya frontman Amrit Gurung on Stage1674058975.jpg

नेपथ्यको अस्ट्रेलिया यात्राको लागि छ जना संगीतकर्मी सहित प्राविधिक एवं व्यवस्थापन गरेर १३ सदस्यीय टोली आउँदो २० तारिक त्यसतर्फ प्रस्थान गर्दै छ । पूर्वनिर्धारित आठवटा कार्यक्रम प्रस्तुत गरेर फेब्रुवरीको २० तारिकमा सो टोली नेपाल फर्कने योजना रहेको छ ।

अमृतलाई यो यात्रामा पनि सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिने छन् । नेपथ्यको अस्ट्रेलिया यात्रासँग सम्बन्धित सबै जानकारी नेपथ्यको अधिकारिक वेबसाइटमा उपलब्ध छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC