site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बालेनप्रति वडाध्यक्षहरूको आक्रोश– घर भत्काउने र फुटपाथ हटाउनेबाहेक केही गर्न पर्दैन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पुस २८ गते बिहीबार काठमाडौं महानगरपालिकाको १२ औँ नगरकार्यपालिकाको बैठक बस्यो ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको बैठकमा विभिन्न प्रस्तावमाथि छलफल भयो । बैठकमा कार्यपालिकाका ११ जना कार्यपालिका सदस्यले एजेण्डामाथि सुझाव दिँदा बालेनलाई फरक सन्देशको अनुभूति पक्कै भयो ।

वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले घर भत्काउने र फुटपाथ हटाउनेबाहेक नयाँ अनुभूति केही पनि नभएको सुनाए । “फुटपाथ हटाउने र घर भत्काउनेबाहेक नयाँ काम भएन । सबै काम गर्न आएकाले मेयर–उपमेयरलाई सधैँ हाम्रो ‘सपोर्ट’ हुन्छ । जनताले व्यवस्थित काठमाडौंको परिकल्पना गरेका छन् । गफ र भाषण गर्ने होइन, काम गर्ने हो,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

अधिकांश कार्यपालिका सदस्यहरुमा नेतृत्वको बहस चल्दा कमजोर प्रस्तावहरु पेश हुने गरेको निष्कर्ष निकालियो । ऐन, नियम, रणनिति र दीर्घकालीन सोच बनाएर अघि बढेमात्रै महानगरले सफल नेतृत्व पाएको अनुभूति हुने तर्क वडाध्यक्षहरुको थियो ।

बैठकमा वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्की अलि खरो सुनिए ।

Global Ime bank

वडाध्यक्ष कार्कीले बालेनलाई भने, “तपाईँ एक लाख भोट लिएर आउने मेयरसाहेब सीडीओसाहेबको अन्डरमा काम गर्ने ? मेयरभन्दा माथिको कोही प्रतिनिधि छ ? जनताको लोकप्रिय मेयरले सीडीओको आदेश मान्नुपर्ने अवस्था यो पनि महानगरपालिका हो ? काठमाडौंमा अहिलेसम्म महानगर घोषणा गर्ने पूर्वाधार तयार भएको छैन । गहन रुपमा प्रस्तावहरु आएका छैनन्,” उनले भने ।

सम्बन्धित वडाध्यक्षहरुलाई जानकारी नै नदिने र गहनरुपमा छलफल नै नगरी नेतृत्व अघि बढेको वडाध्यक्षको भनाइ छ । अहिले युवा मेयर आउँदा जनताले परिवर्तनको आश गरेको तर सुरुआती परिणाम सुखद् नरहेको कार्यपालिका सदस्यहरुको सुझाव छ ।

हाल मुख्य राजनीतिक दलहरुको मुख्य गल्ती देख्ने बालेन चेपुवामा परेको गुनासो स्वयं गर्दै आएका छन् । बालेनको घर भत्काउने डोजर एक्सनविरुद्ध विभिन्न अदालतमा कैयाँै मुद्दासमेत परेका छन् ।

“अब राम्रो परिवर्तन होला । गएको पाँच वर्ष हामीले सुतेर फाल्यौँ । अहिले पनि सुतेरै फाल्ने तालमा छौँ । गहनरुपमा छलफल गरिरहेका छैनौँ । सबै काम, वडाका समस्यमा अध्यक्षले गरेन भन्ने प्रवृत्ति छ । कर्मचारीदेखि मेयर, उपमेयरसम्म थुप्रै गल्ती कमजोरी र चुनौती छन्,” वडाध्यक्ष कार्कीले भने ।

महानगरले टुडिखेलमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ निर्माणको प्रक्रिया अघि बढाउँदा मेयरले सम्बन्धित वडाध्यक्षलाई खबरसमेत गरेका थिएनन् । सो समयमा टुडिखेलमा पार्किङ बनाउन नहुने भन्दै बालेनको निर्णयविरुद्ध कार्कीले ‘स्टन्ट’ लिएका थिए । यस्तो तरिकाले राजधानी सहरको विकास गर्न नसकिने उनको भनाइ छ । 

महानगरको सेवा प्रवाह, पूर्वाधार निर्माण, सामाजिक विकास, जनस्वास्थ्यको प्रवद्र्धनलगायत विषयमा मेयर बालेनलाई फरक सुझाव दिएका वडाध्यक्षहरुले महानगरको नीति निर्माण र रणनीति दीर्घकालीन नरहेको टिप्पणी गर्दै तत्काल सुधार गर्नुपर्ने बताउँदै आएका छन् ।

वडाध्यक्ष मेयर–उपमेयर सबै काम गर्न आएकाले एकअर्काबीच बहुमत र अल्पमत गर्न नचाहेको पनि वडाध्यक्षहरुले स्पष्ट पार्दै आएका छन् । लालपूर्जा देखाउँदा पनि महानगरले नगरबासीका घरमा डोजर चलाएर अशान्ति कायम गरेको आरोपसमेत वडाध्यक्षहरुको छ । घर निर्माणको मापदण्ड बनाएर अघि बढ्नुपर्ने रायमा नेतृत्व अडिग भए पनि कुनै पनि नीति निर्माण गर्न सकेको छैन ।

मेयरलाई फिट भएन भन्दै ६–६ महिनामा प्रमुख प्रशासकीय अधिकृत फेर्ने प्रवृत्ति पनि महानगरमा हाबी भएको रिपोर्टिङ वडाध्यक्षहरुको छ । बालेनको पाँच वर्षे कार्यकालमध्ये नौ महिना बितिसकेको छ । यो समायावधिमा अवैध संरचनामा डोजर चलाउने र फुटपाथ व्यापारीलाई लखेट्नेबाहेक केही काम नभएको उनीहरुको आरोप छ । 

छोटो समयावधिमै सिंगो महानगरको कार्यक्षमतामै प्रश्न उठ्नु बिडम्वना रहेको उनीहरुको भनाइ छ । “फुटपाथबारे नीति छैन । लालपूर्जा देखाए पनि घर भत्काइन्छ । सुकुम्बासी समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन,” वडाध्यक्ष कार्कीले भने, “ठूला नेताको संरक्षणमा ७७ वटै जिल्लाबाट आएर नदी किनारामा बसेकाहरुलाई हटाउनै पर्छ । यो काठमाडौंबासीका लागि सैह्य हुनेछैन ।”

वडा–वडामा नगरप्रहरी खटाउनुपर्ने, वडाका कर्मचारीहरु परिवर्तन गर्ने, नीति निर्माण र भरपर्दो सेवा प्रणाली विकास, इन्टरनेट, शौचालय तथा फोहोर व्यवस्थापन गर्नुपर्ने सुझाव उनीहरुको छ । 

“तपाई त देश, विदेशका नगरपालिकाहरु घुमेर आउनुभयो नि । अन्य सहरबाट काठमाडौं आउँदा गाउँ आएजस्तो हुन्छ । यो अवस्थामा रहने हो काठमाडौं ? काठमाडौं त विशेष अवस्थामा विकास हुनुपर्ने होइन,” बालेनलाई कार्कीले भने ।

मेयरले स्मार्ट शौचालयको कन्सेप्ट ल्याए तर कार्यान्वयन हुन सकेन ।  सस्तोमा काम दिने र कमिसन माग्ने गर्दा कमजोर संयन्त्र निर्माण भएको वडाको दाबी छ । सेवा प्रवाह, पूर्वाधार निर्माण, सामाजिक विकास, जनस्वास्थ्यको प्रवद्र्धनलगायत विषयमा कार्यपालिका सदस्य मुकुन्द रिजाल, महेश नेपाली, अनिता कार्की ढोली, मचाराजा महर्जन, राजेन्द्रकुमार श्रेष्ठ, उदयचुडामणि बज्राचार्य, विमल होडा, भुवन लामाले बालेनलाई सुझाव दिएका छन् ।

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुन नसकेको भन्दै वडाध्यक्षहरुले बालेनलाई खबरदारी गर्दै आएका छन् । वर्षायाममा झनै विकराल समस्या निम्तिन सक्ने सम्भावना टरेको छैन । महानगरका योजना निर्माणमा हातेमालो गर्ने, वडाध्यक्ष र मेयर उपमेयरबीच विवाद हुन नदिन मेयरका गतिविधिमा साथ दिएको उनीहरुको भनाइ छ । 

स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरले गरेका निर्णय कार्यपालिकाबाट पास गर्नुपर्ने प्रावधान छ । काठमाडौं महानगरपालिकाको ४२ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसको बहुमत छ । नेतृत्व तहमा बालेन अल्पमतमा छन् ।

उक्त ४२ सदस्यीय नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, नगरसभाले आफूमध्येबाट निर्वाचित गरेका पाँचजना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभामा निर्वाचित तीन सदस्य छन् ।

ऐनको दफा १६ बमोजिम नगरसभा, कार्यपालिकाको बैठक बोलाउने, बैठकमा प्रस्ताव पेस गर्ने÷गराउने काम नगरप्रमुखको हुनेछ । यसर्थ, महानगरपालिकामा राजनीतिक दलबाट निर्वाचित नगरसभा सदस्यहरुको महत्वपूर्ण भूमिका हुन्छ । 

महानगरका ३२ वडामध्ये कांग्रेसले १९ र नेकपा (एमाले)ले १२ वडाको नेतृत्व गरिरहेका छन् । त्यस्तै, एउटा वडामा नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व गरिरहेको छ । 

मेयर बालेनले सबै दलका वडाध्यक्षहरुसँग सहकार्य गरेर टिममा काम गर्दै आएको बताउने गरेका छन् । तर, कतिपय निर्णयमा मेयर, उपमेयर र वडाध्यक्ष दुई धारमा देखिने गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC