site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निशाको लघुकथाकृति ‘ओजन’ सार्वजनिक 
Ghorahi CementGhorahi Cement

काठमाडौं । साहित्यकार निशा केसीको लघुकथाकृति ‘ओजन’ लोकार्पित भएको छ । शनिबार काठमाडौंमा स्रष्टा समाज नेपालद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतमले उक्त कृति सार्वजनिक गरे । 

कृति सार्वजनिक उप्रान्त मन्तव्य दिँदै प्रा.डा. गौतमले केसीका लघुकथा सिद्धान्तभित्रै रहेको बताउँदै उनका लघुकथाले पाठकको मनलाई झङ्कृत गर्ने उल्लेख गरे । 

Agni Group

कृतिमाथि समिक्षात्मक टिप्पणी गर्दै प्रा.डा. ज्ञानू पाण्डेले निशाका लघुकथाले प्रेम, चेतनाको आगो, समाजको वर्तमान अवस्था आदि समेटेको बताइन् ।

कार्यक्रममा लघुकथा समाजका अध्यक्ष गोपाल अश्कले केसीले मुक्तकमा नाम कमाएपनि उनको पहिलो परिचय कथाकारकै भएको बताए । त्यस्तै साहित्यकार विवश पोखरेलले कृतिभित्रका लघुकथा निक्कै गहन र मननयोग्य रहेको बताए । 

Global Ime bank

कार्यक्रममा डा. सदानन्द कँडेल, निशा केसी, श्रीओम रोदन, मन्दिरा मधुश्री, रिता खत्री, मधु पाठकलगायतले बोलेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC