site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा सभामुखको निर्वाचन शनिबार हुने, उपसभामुखको माघ २ गते
SkywellSkywell

पोखरा । गण्डकीमा सभामुखको निर्वाचन आगामी शनिबार हुने भएको छ । प्रदेश सभामा आज बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन मिति तोकेको मन्त्री हरिबहादुर चुमानले जानकारी दिए । उनी माओवादी केन्द्र संसदीय दलका नेतासमेत हुन् ।

भागबन्डामा यहाँ एमालेले मुख्यमन्त्री पाएपछि माओवादीले सभामुख पाएको छ । माओवादीबाट गोरखा १ (क) बाट निर्वाचित कृष्ण धिताल सभामुखको उमेदवार बन्नेछन् । एमालेसहित माओवादी र राप्रपाको गठबन्धनका कारण धिताल नै सभामुखमा विजयी हुने निश्चिजस्तै छ । 

माओवादी केन्द्रीय सदस्यसमेत रहेका चुमानले नै सभामुखमा कृष्ण धिताललाई अगाडि बढाउने जानकारी दिए । 

KFC Island Ad
NIC Asia

संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरूले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ ।

संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एकजना महिला हुनेगरी गर्नुपर्नेछ र प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।

Royal Enfield Island Ad

तर, प्रदेश सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उमेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रदेश सभामुख वा प्रदेश उपसभामुख हुन बाधा नपर्ने व्यवस्था छ ।

प्रदेश सभा नियमावली, २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ ।

प्रदेश सभा नियमावलीको नियम ७ को उपनियम (१) मा सभामुखको निर्वाचन संविधानको धारा १८२ को परिधिभित्र रहने गरी तोकिएको दिनमा हुनेछ । त्यसको सूचना सचिवले प्रकाशन गर्ने व्यवस्था छ । प्रदेश सभा नियमावलीको नियम ७ को उपनियम (२) मा उपनियम (१) बमोजिम प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा एक जना सदस्यको समर्थनसहित अनुसूची १ बमोजिमको ढाँचामा सोको सूचना सचिवलाई दिनुपर्ने व्यवस्था छ ।

यस्तै, उपसभामुखको निर्वाचन भने माघ २ गते हुने मन्त्री चुमानले जानकारी दिए । सभामुख माओवादीले पाएपछि उपसभामुख भने एमाले वा राप्रपाले पाउने सम्भावना छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  २१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro