site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रीको चर्चामा रोशन गाहामगरलाई प्रमुख सचेतकको जिम्मा, भन्छन्– कामलचाउ हुँ

पोखरा । गण्डकीको आगामी अर्थमन्त्रीको रूपमा चर्चामा रहेका प्रदेश सांसद रोशन गाहामगरलाई एमालेले प्रमुख सचेतक बनाएको छ । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनुभन्दा एक दिन अगाडि गाहामगरलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री बनेपछि नै मन्त्रालय घटाउने बताइरहेका अधिकारीले प्रमुख सचेतक बनाउँदा गाहामगरको मन्त्रीको च्याप्टर क्लोज भएको चर्चासमेत चलेको थियो । तर, गाहामगरले आफू कामचलाउ प्रमुख सचेतक बनेको बताए ।

मुख्यमन्त्री अधिकारीले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । त्यसका लागि उनले सांसदहरूलाई एकत्रित गर्नदेखि ह्विप लगाउनका लागि असांसद गाहालाई प्रमुख सचेतक बनाएका हुन् ।

गाहा नवलपुर १ (ख) बाट प्रदेश सभामा लगातार दोस्रोपटक विजयी भएका हुन ।

पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको नेतृत्व गर्दा पनि गाहा मन्त्रीको लाइनमा थिए । सरकार फेरिएपछि गाहा मन्त्री बन्न सकेनन् । तर, एमालेले उनलाई सार्वजनिक लेखा समितिको सभापति बनाएको थियो ।

गण्डकीमा अहिले माओवादी, राप्रपासहितको एमाले गठबन्धनको सरकार छ ।

गत मंगलबार अधिकारीले मुख्यमन्त्रीको सपथ लिँदा उनीसँगै गाहामगरले पनि मन्त्रीको शपथ लिने चर्चा थियो । तर, उक्त दिन मुख्यमन्त्री अधिकारीसहित एमालेकै सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङले मात्र शपथ लिएका थिए ।

शुक्रबार विश्वासको मत लिएपछि मात्रै गण्डकीको थप मन्त्रिपरिषद् विस्तार हुने भएको छ । विस्तारित मन्त्रिपरिषद्मा आफू पनि पर्नेमा विश्वस्त रहेको गाहाले बताए ।

“यो कामलचाउ हो, एकछिनका लागि,” उनले भने ।

संसदीय दलको बैठककै सहमतिमा आफू केही समयका लागि प्रमुख सचेतक बनेको उनले बताए ।

“मन्त्रिपरिषद् विस्तार नहुँदासम्मको लागि हो । पार्टीको आग्रहमा केही समयका लागि प्रमुख सचेतक बनेको हुँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro