site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यसकारण सुस्तायो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
Ghorahi CementGhorahi Cement

बुटवल । तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत जेठ २ गते तामझामका साथ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे । त्यतिबेला कुवेतको जजिरा एयरलाइन्सले सुरुका सातामा तीन दिन उडान भरे ।

यात्रुको संख्या बढ्न थालेपछि जजिराले दैनिक उडान सुरु गर्‍यो । तर, पछि यात्रुको संख्या कम हुँदै गएपछि उडान तीन दिनमा झारियो । 

त्यसपछि हिमालयन एयरलायन्सले कात्तिक १७ देखि चार्टर उडान सुरु गर्‍यो । हुस्सुको कारण देखाउँदै अहिले ती उडानहरू ठप्प छन् । हिमालयन एयरलाइन्सले पनि चार्टर उडान फिर्ता लगेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

Agni Group

“जजिराले १८ डिसेम्बर देखि उडान स्थगित गरेको छ भने हिमालयन एयरलाइन्सले २० डिसेम्बर देखि भैरहवाबाट गर्ने भनेको चार्टर उडान फिर्ता लगेको छ”, दाहालले भने ।

जग्गाको मुआब्जा समेत वितरण गरी ४३ अर्बको लगानीमा निर्माण भएको विमानस्थलले सात महिना भइसक्दा पनि आफ्नो उद्देश्य अनुरुपका काम गर्न सकेको छैन ।  

Global Ime bank

वि.स. २०२३ सालमा पहिलो पटक आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको भैरहवा विमानस्थललाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले शिलान्यास गरेका थिए ।

करिब ८ बिगाहामा फैलिएको यो विमानस्थलको रनवे ३ हजार मिटर छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ सरह उडान–अवतरण क्षमताको विमानस्थलमा चार वटा न्यारोबडी र एउटा वाइड बडी गरी पाँच वटा जहाज पार्किङ क्षमता छ । 

हालसम्म यो विमानस्थलबाट १५४ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । जसबाट १३ हजार ५९३ यात्रु आएका छन् भने १८ हजार २५ यात्रु बाहिरिएका छन् । यो विमानस्थलप्रति आकर्षित गर्ने उद्देश्यले अवतरण शुल्क, विसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट दिइएको छ ।

यस्तो छ उडान रोकिएको कारण
हवाई उडानका लागि सामान्यतया १ हजार ५०० मिटर भिजिविलिटी आवश्यक पर्छ । तर जाडो मौसम सुरु भएसँगै भैरहवाको भिजिविलिटी ५००/६००मा झर्ने गरेको विमानस्थलले जनाएको छ ।

यो विमानस्थलमा जडान गरिएको उपकरण अवतरण प्रणाली (इन्स्ट्रमेन्ट ल्याण्डिङ सिस्टम—आईएलएस) सञ्चालनमा नआउँदा अन्तर्राष्ट्रिय उडान ठप्प भएका छन् । आन्तरिक उडानहरू समेत प्रभावित भएका छन् ।

यो विमानस्थलमा कम भिजिविलिटी हुँदा पनि विमानहरू उडान–अवतरण गर्न सकियोस् भनेर क्याटोगरी–१ को आइएलएस जडान गरिएको छ । अत्याधुनिक र उत्कृष्ट प्रविधियुक्त भनिएको विमानस्थलमा हुस्सुका कारण पुस लागेसँगै अन्तर्राष्ट्रिय उडानहरू ठप्प छन् ।

आइएलएस एउटा रेडियो नेभिगेसन प्रणाली हो । यो प्रणालीले विमानलाई खराब मौसम तथा रातको समयमा होस या कम भिजिविलिटीमा पनि अवतरण गर्न सघाउँछ । सामान्यतया यो सिष्टममा ८०० मिटर वा केही कम भिजिविलिटी हुँदा पनि विमान उडान–अवतरण गर्न सकिने बताइएको छ । तर विमानस्थल उद्घाटन भएको महिनौँ बित्दा पनि अवतरण प्रणाली कार्यान्वयनमा ल्याउन नसक्दा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन् । 

विशेष गरी यो विमानस्थल भारतीय सीमा नजिक रहेकाले उपकरण अवतरण प्रणाली सञ्चालनमा ल्याउँदा भारतीय आकाश पनि प्रयोग हुने भएकाले भारतको स्वीकृति आवश्यक पर्छ ।

AIRPORT (2) (1)1672987089.jpg

विमानस्थलका महाप्रबन्धक दाहालले भारतको स्वीकृति लिनु पर्ने अवस्थामा माथिल्लो निकायबाटै पहल र कुराकानी हुनुपर्ने बताए । भारतले सीमा नजिकैको नेपालको विमानस्थलकालागि आफ्नो आकाश प्रयोग गरी आइएलएस सञ्चालनमा सजिलै स्वीकृति दिने सम्भावना नदेखिएकाले सरकारको विशेष पहल हुनुपर्ने विमानस्थलका एक जना अधिकारी बताउँछन् । तर यो विमानस्थलको व्यावसायिक सञ्चालनका लागि प्राधिकरण र सरकारकाबीचमै समन्वयात्मक भूमिका नदेखिएको गुनासो समेत गरे । 

निर्माण सम्पन्न भएको महिनौँ बित्दा पनि रुट फाइण्ड आउट गरी भारतसँग अनुमति लिन नसक्नु, आइएलएस प्रयोगका लागि आवश्यक प्रक्रिया पुरा नहुनु, भारतीय दूतावासबाट लिनु पर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गर्न नसक्नु, अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध हुनुपर्ने सेवाहरु भिसा, स्वास्थ्य परीक्षण, बीमा, मेन पावर कम्पनीका शाखा समेतको व्यवस्था नगरिएकाले अन्तर्राष्ट्रिय उडानहरू नियमित हुन नसकेको ती अधिकारीले बताए ।

पर्यटन व्यवसायीमा निरासा
अन्तर्राष्ट्रिय उडान नियमित गर्नुको साटो पर्यटक आगमनको मुख्य सिजनमै भएका उडानहरू समेत ठप्प हुँदा यहाँका पर्यटन व्यवसायीहरू आक्रोसित छन् । अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपकै प्रविधि छँदा छँदै विमानस्थल नियमित संचालन हुन नसक्नुमा सरकार जवाफदेही हुनुपर्ने उनीहरूको माग छ ।

नेपाल एसोसियसन ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्न माग गरेको छ ।

नाट्टाका प्रदेश अध्यक्ष रचना पन्तको नेतृत्वमा पर्यटन व्यवसायीको टोलीले विमानस्थलका अधिकारीहरू समक्ष अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरेका हुन् । अध्यक्ष पन्तले भनिन्, “यो विमानस्थल लुम्बिनी प्रदेशवासी र समग्र पर्यटन क्षेत्रका लागि शान र मान दुवै भएकाले अन्तर्राष्ट्रिय उडानहरू नियमित गरी यसको गरिमा कायम राख्नुपर्छ ।” 

नाट्टा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष विष्णु शर्माले ४० अर्ब बढीको लगानीमा निर्माण गरिएको विमानस्थल सञ्चालनमा लापरबाही गरिए त्यसले देशको अर्थतन्त्रमा ठुलो नोक्सानी हुने बताए । “विमानस्थललाई मध्यनजर गरेर नीजि क्षेत्रले सय अर्ब बढीको लगानी भैरहवा र आसपासको क्षेत्रमा थरेको छ । विमानस्थलको सफल संचालनका लागि बेलैमा ध्यान दिनु जरुरी छ”, उनले भने ।  

यहाँका पर्यटन व्यवसायीले विमानस्थललाई सफलता पूर्वक संचालन गर्नसके त्यसबाट सिङ्गो मुलुकको अर्थतन्त्रलाई नै सवल बनाउन मद्धत पुग्ने भन्दै सरकार र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC