site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी : नयाँ संसद्मा मुख्यमन्त्री नजाने
SkywellSkywell

पोखरा । संवैधानिक अस्पष्टताका कारण प्रदेश सभाको बैठकमा मुख्यमन्त्री नजाने भएका छन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश सभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलका नेता थिए । तर, नयाँ निर्वाचित प्रदेश सभा सदस्यहरूले सुरेन्द्रराज पाण्डेलाई कांग्रेसको संसदीय दलको नेता निर्वाचनमार्फत चुनेका छन् ।

अब हुने प्रदेश सभा बैठकले संसदीय दलको नेतामा पाण्डेलाई चिन्छ ।

KFC Island Ad
NIC Asia

संसद्मा गएर मुख्यमन्त्रीले सम्बोधन गर्न पाउने भएपनि प्रदेश सभाको नयाँ कार्यकाल सुरु भइसकेकाले उनी प्रदेश सभाका अबका बैठकमा मुख्यमन्त्री जाने छैनन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले संविधानमा पनि प्रष्ट व्यवस्था नभएकाले मुख्यमन्त्री प्रदेश सभा बैठकमा सहभागी नहुने जानकारी दिए ।

Royal Enfield Island Ad

मुख्यमन्त्री पोखरेल प्रदेश सभाका ज्येष्ठ सदस्य तथा बाँकी सदस्यहरूको शपथग्रहण पनि सहभागी भएनन् ।

प्रदेश सभाका सदस्यहरूले पुस १४ गते शपथग्रहण गरिसकेपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते ३ बजेको लागि बैठक आह्वान गरेका छन् । बैठकको कार्यसूची तय नभएपनि सोमबार बिहान ११ बजे ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सर्वदलीय बैठक बोलाएका छन् । त्यहाँ नै कार्यसूची तय हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

सम्भवतः सोमबारको बैठकमा सरकारले ल्याएका तीनवटा अध्यादेश पेस हुनेछन् । गण्डकीका बहालवाला कानुनमन्त्री विन्दुकुमार थापा प्रदेश सभामा पनि दोहोरिएकाले उनले नै अध्यादेश पेस गर्नेछन् । त्यसबाहेक अघिल्लो संसद्ले बनाएको प्रदेशसभा नियमावलीलाई सोमबारको बैठकले अंगीकार पनि गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro