site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी प्रदेशसभा : चुनौतीपूर्ण कार्यकालमा माननीयहरू
SkywellSkywell

पोखरा । ‘प्रदेश संरचना नै खारेज गर्नुपर्छ’, ‘प्रदेश संरचना सुनको सिक्रीले बाँधेको भालु हो’ भन्ने खालका अभिव्यक्ति दिने राष्ट्रिय जनमोर्चा प्रदेशसभाको दोस्रो कार्यकालमा गण्डकी प्रदेशसभामा उपस्थित छैन । थ्रेसहोल्ड कटाए पनि सांसदविहीन बनेको जनमोर्चाको जस्तै संस्थागत एजेण्डा बोक्ने पार्टी अहिले यहाँको संसद्मा छैनन् । बरु, राजतन्त्रको वकालत गर्ने र प्रदेश खारेजी गर्ने घोषणापत्र लिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकबाट दुई सांसद पाएको छ । 

बाँकी सांसद नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा ( एकीकृत समाजवादी)बाट छन् । संसदमा ती दलले आ–आफ्नै विचार बोल्लान् ।

संख्याका हिसाबले तीन सिटमा सीमित जनमोर्चाले संविधान कार्यान्वयनपछिको पहिलो कार्यकालमै संस्थागत रुपमा नै प्रदेश खारेजीको माग उठाएको थियो । सत्ताको खेलका कारण एकजना सांसद पदमुक्त हुँदा कार्यकालको अन्त्यतिर जनमोर्चा दुई सांसदमा सीमित हुन पुग्यो । तर, उसले प्रदेश खारेजीको एजेण्डा त्यागेन । 

KFC Island Ad
NIC Asia

संसद्मा सम्बोधन गर्दा होस् वा सार्वजनिक फोरममा बोल्दा, मुख्यमन्त्री तथा मन्त्रीहरुले संघीयताकै कारण कोभिडको समयमा प्रदेशको औचित्य पुष्टि भएको तर्क गरे । पहिलो कार्यकालमा कानुनी आधार तय गरेको र दोस्रो कार्यकालमा संरचनागत आधार तय हुने भनेर प्रदेशसभामा दोहोरिएका सांसददेखि मन्त्रीहरुले बताउँदै आइरहेका छन् ।

तर, गण्डकी सरकार पछिल्लो एक वर्षमा बजेट र त्यसले बढाएको करपछि निकै बदनाम हुन पुग्यो । सरकार बदनाम हुँदैगर्दा प्रदेश खारेज गर्नुपर्छ भन्नेहरुलाई पनि उत्तिकै बल पुग्यो । यही विरोधाभासबीच प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचित प्रदेशसभा सदस्यहरुले बिहीबार शपथ लिएका छन् । शपथग्रहणमा अघिल्लो कार्यकालका चारजना सदस्य दोहोरिएका छन् भने ५६ जना नयाँ सदस्य निर्वाचित भएका छन् ।

Royal Enfield Island Ad

गण्डकी प्रदेशसभाको पहिलो कार्यकालमा ०७४ को माघ २२ गतेको पहिलो बैठक र यस कार्यकालको ०७९ पुस १४ गतेको पहिलो बैठकमा केही समानता देखिए । संविधानपछिको पहिलो बैठक डाक्नको लागि त्यतिबेला संघीय राजधानीबाट नै कर्मचारीहरु आउन परेको थियो । प्रदेशसभा सदस्यहरुलाई अभ्यास बैठक राख्नेदेखि, कुर्सी व्यवस्थापन, पोशाक तोक्ने काम त्यतिबेला गरियो ।

प्रदेशसभा सदस्यलाई बैठकमा सहभागी हुँदा जातीय पोशाक र औपचारिक पोशाक तोकिएको थियो । मर्यादापालकदेखि सचिवालयका कर्मचारीसम्म सबै नयाँ थिए । जातीय पोशाक लगाउन पाउने भएपछि एकजना प्रदेशसभा सदस्य मगर पोशाकमा सजिएर आइन् । त्यसमा सानो हँसिया पनि थियो । मर्यादापालकले त्यतिबेला त्यसलाई हतियार सम्झेर पहिरिन दिएनन् । त्यतिमात्रै होइन, प्रदेशसभा बैठकको अगाडि राखिएको अभ्यास बैठकमा एकजना सदस्य आधुनिक पहिरनमा आएका थिए । उनको समाचार पनि प्रकाशन भएको थियो ।

उस्तै अवस्थामा आज (बिहीबार)देखि बिना कुनै संरचना, आधार र बिलकुल नयाँ अभ्यासबाट सुरु भएको प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको छ । आज पनि सांसदहरु जातीय पोशाकदेखि औपचारिक पोशाकमा उपस्थित थिए । तीनजनाले मातृभाषामा शपथ लिए भने एकजनाले भागवत गीता छोएर शपथ लिए ।

वैधानिक प्रक्रियाबाट माननीय बनेका प्रदेशसभा सदस्यहरुलाई भने अब पहिलो कार्यकालमा नै ‘प्रदेश संरचना खारेज गरौँ’ भन्ने आवाजलाई चिर्दै ‘प्रदेश आवश्यक छ’ भन्ने बनाउन चुनौती छ । पहिलो कार्यकालमा केही विवादितसहित प्रदेशसभाले ६१ कानुन पारित गरेको छ । जसबाट केही कानुनी आधार भने प्रदेशसभाले तय गरिसकेको छ ।

प्रदेशसभाको प्रमुख कार्य सरकार निर्माण गर्नु, प्रादेशिक कानुन बनाउनु, प्रदेश सरकारको काम कारबाहीको निगरानी गर्नु र प्रादेशिक जनसरोकारका विषय प्रदेशसभा छलफल गर्नु हो । नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिका, भाग १४ मा प्रदेश व्यवस्थापिका, भाग १५ मा प्रदेश व्यवस्थापन कार्यविधि र भाग १६ मा आर्थिक कार्यप्रणालीसम्बन्धी व्यवस्थामा उल्लेख भएअनुसार प्रदेशसभाले कानुन बनाउनुपर्ने हुन्छ ।

लोकसेवा देखि प्रहरी, सवारी, दुग्ध विकास बोर्ड, गण्डकी विश्वविद्यालयलगायतका महत्वपूर्ण कानुनहरु अघिल्लो कार्यकालमा नै बनिसकेका छन् । तिनको प्रभावकारी कार्यान्वयन र संघ, प्रदेश तथा स्थानीय तहसँगका साझेदारी अधिकारका विषयमा अब आवश्यक कानुन बनाउनु पर्नेछ ।

पदीय दायित्व नीति निर्माण भए पनि मुख्यतः संविधानले नै व्यवस्था गरेको नयाँ संरचनाको सफल कार्यान्वयन गर्नु नै प्रदेशसभा सदस्यको जिम्मेवारी हो । जनताले मत दिएर जिताइसकेपछि नीति निर्माणको तहबाट प्रदेश संरचनाको औचित्य पुष्टि गर्नुपर्ने चुनौती दोस्रो कार्यकालका प्रदेशसभा सदस्यहरुलाई छ ।

हरेक वर्ष बजेट आउँदा जनजीविकासँग जोडिएका हरेक विषयलाई ध्यानपूर्वक हेर्ने र आवाज उठाउने काम उनीहरुको हो । अन्यथा, चार वर्षसम्म नबोलेका जनता कार्यकालको अन्तिम वर्षमा आएर सरकारविरुद्ध आन्दोलित हुनुपर्ने थिएन । करका दर बढ्दा जनताले जिताएर पठाएका प्रदेशसभा सदस्यहरुले नै ख्याल नगरेका कारण जनता अचानक करको मारमा परेका थिए ।

आफूले जिताएर पठाएका प्रतिनिधिले पाउने सेवासुविधादेखि लिएर उसले संसद्मा गरेका बहस जनताले हेक्का राखेका हुन्छन् । चुनावमा गरेका वाचालाई सम्झिएका हुन्छन् । त्यसको आधारमा प्रदेशसभा सदस्यले आफूहरुलाई खरो उतार्ने चुनौती छ ।

अघिल्लो चुनावमा वाम गठबन्धनले झन्डै दुइतिहाइ हासिल ग¥यो । आन्तरिक शक्ति संघर्षबाट एक भएको नेकपा फुटेर दुई दल ब्यूँतिए । त्यसपछि भएका राजनीतिक घटनाक्रममा गण्डकी पनि चर्चामा रह्यो । कारण, एक सांसद अचानक हराए, अचानक बिरामी भए । त्यसमा ठूलो चलखेल भएको आरोप पनि लाग्यो । एक सांसदले आफ्नो पद पनि गुमाए । जनताले यस्ता घटनालाई नजिकबाट नियालिरहेका हुन्छन् । चाहे त्यो इन्धन दुरुपयोग होस वा सुविधाका लागि ऐन संशोधन ।

सांसदहरु सुविधा लिप्त हुन्छन् र जसले जिते पनि केही गर्दैनन् भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसलाई चिर्दै संसद् भनेको सार्वभौम थलो हो । जनताका आवाज त्यहाँ मुखरित हुन्छन् भन्ने आभास दिलाउने चुनौती नयाँ कार्यकालका माननीयहरुसँग छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro