site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
फागुन १९ मा क्यूएफएक्सले ‘छड्के–२’ रिलिज नगर्ने, ‘छक्का पञ्जा–४’ मात्रै प्रदर्शन गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले अब एउटै मितिमा दुई ठूला चलचित्र नलगाउने भएको छ । क्यूएफएक्सको यो निर्णयसँगै फागुन १९ गते रिलिज हुने भनिएका दुई ठूला चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ मध्ये एउटा चलचित्र ब्याक हुनु पर्ने भएको छ । 

क्यूएफएक्स चेनका सञ्चालक भास्कर ढुंगानाका अनुसार फागुन १९ मा ‘छक्का पञ्जा–४’ रिलिज हुनेछ । अगाडि डेट लिएका कारण फागुन १९ मा ‘छक्का पञ्जा–४’ रिलिज गर्ने निर्णय आफूहरूले गरेको उनले स्पष्ट पारे । यद्यपि, पहिले डेट लिएकै कारण भन्दा पनि सिनेमाको मेरिटका आधारमा पहिला कुन सिनेमा लगाउने निर्णय हुने उनले स्पष्ट पारे । कुन सिनेमा कहिले राम्रोसँग चल्छ भन्ने हेरेर निर्णय गरिने उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्म ‘छक्का पञ्जा’ सिरिज नै सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र भएकाले यो सिनेमा उसले भनेको डेटमा रिलिज हुन लागेको पनि उनले स्पष्ट पारे । 

“निर्माता र वितरकको लडाईंमा सधैँ हल सञ्चालकले गाली खानु परिरहेको छ । वितरकको एकअर्काको इगोको मारमा हल र समग्र नेपाली सिनेमा इन्डस्ट्री परिरहेको छ,” भाष्कर बाह्रखरीसँग भन्छन्, “अब हामी यो हुन दिँदैनौँ । दुई ठूला चलचित्र एकै दिन रिलिज गर्दैनौँ । दुई ठूला चलचित्र एकै दिन रिलिज गर्दा सबैलाई घाटा हुन्छ भने किन सबैलाई राम्रो हुने काम नगर्ने भनेर हामी अगाडि आएका हौँ । यो पहिलै गरेको निर्णय हो । अब कार्यान्वय गरौँ भन्ने हो ।”

Global Ime bank

ठूलो ब्यानरका ठूलो चलचित्र एकभन्दा धेरै रिलिज हुँदा स्क्रिन नपुग्ने भएकाले अब एकै दिन दुई वा सोभन्दा ठूला सिनेमा रिलिज नहुने भाष्कर बताउँछन् । सानो ब्यानरका चलचित्र रिलिज हुँदा भने दुई वा शोभन्दा धेरै चलचित्र रिलिज गरिने पनि उनले जानकारी दिए । 

यता, ‘छड्के–२’ का वितरक सुनील मानन्धर भने आफ्नो सिनेमा पूर्वनिर्धारित मिति फागुन १९ मै आउने बताउँछन् । आफूलाई कसैले पनि फागुन १९ मा सिनेमा रिलिज नगर्नेबारे जानकारी नगराएको उनले बताए । “हाम्रो सिनेमा फागुन १९ मा नै आउँछ । हामी त्यही तयारी र प्रचारप्रसार पनि गरिरहेका छौँ,” मानन्धरले बाह्रखरीसँग भने, “हामीलाई अहिलेसम्म कुनै पनि हलले तेरो सिनेमा लगाउँदैनौं भनेर भनेको छैन ।” 

‘छड्के–२’ मा मुख्य कलाकार अनमोल केसी छन् भने ‘छक्का पञ्जा–४’ मा दीपकराज गिरी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC