site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीका नयाँ सांसदको शपथमा ‘रेड कार्पेट’

पोखरा । गण्डकी प्रदेश सभामा निर्वाचित ६० जना सांसदमध्ये ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । बाँकी ५९ जना प्रदेश सभा सदस्यलाई बस्यालले बिहीबार शपथग्रहण गराउनेछन् ।

आगामी पाँच वर्षका लागि जनताका प्रतिनिधि बनेर निर्वाचित भएका प्रदेशसभा सदस्यहरूको कार्यकाल पनि शपथग्रहणसँगै सुरु हुनेछ । प्रदेशसभा सचिवालयले दिनको १ बजे शपथग्रहणको कार्यक्रम तय गरेको छ ।

नयाँ सांसदहरूको स्वागतमा प्रदेश सभा भवनलाई सिँगारेर चिटिक्क बनाइएको छ । प्रदेश सभा भवनको गेट अगाडि रातो कार्पेट ओछ्याइएको छ ।

नदिपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको भवनलाई संसद् भवनको रूपमा एक कार्यकाल प्रयोग गरिसकिएको छ । कोरोनाकालमा सामाजिक दुरी कायम गर्न भनेर पोखरा सभागृहलाई पनि संसद् बैठक भवनको रूपमा प्रयोग गरिएको थियो ।

तर, गण्डकीको संसद् भवन भनेकै त्यही प्रशिक्षण केन्द्रको पानी चुहिने भवन नै हो । प्रदेश सरकारले नै नयाँ संसद् भवन बनाउने भनेर प्रक्रिया अघि बढाएको थियो । तर, प्रक्रिया अलपत्र हुँदा अब पनि संसद् बैठक पुरानै भवनमा चल्नेछ ।

पहिलो कार्यकालका सांसदहरूको बिदाइपछि खाली बनेको पुरानोमा भवनमा फेरि रङरोगन गरिएको छ । यो भवनमा बर्सेनि वर्षातमा पानी चुहिन्छ । बैठककक्षभित्रका पानीका धर्का मेटाउन  प्रदेश सभा सचिवालयले नयाँ रङ लगाएको छ ।

टायलले छाएको भवनको बाहिरपट्टि पनि देखिनेगरी नयाँ रङरोगन गरिएको छ । प्रदेश सभा भवनको माथिपट्टि राखिएको ‘प्रदेशसभा भवन’ लेखिएको फ्लेक्स भने फेरिएको छैन । संसद् भवन परिसर बाहिरको चौरको घाँस काटिएको छ । कम्पाउन्ड मर्मतसँगै सरसफाइ गर्ने कार्य नियमित भइरहेको छ ।

आगामी पाँच वर्षे कार्यकाका लागि नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको स्वागतका लागि सचिवालयले सरसफाइ, मर्मतलगायतका कामलाई तदारुकताका साथ अगाडि बढाएको छ ।

सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार बैठककक्षको क्षेत्र सानो भएकाले कुर्सी भने पुरानै हुनेछन् । पुरानै कुर्सीलाई सरसफाइ गरेर प्रयोग गरिने उनले बताए ।

यही प्रदेश सभा भवनमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले शपथ लिनेछन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro