site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लोसपा लुम्बिनी संसदीय दलको नेतामा पाण्डेय सर्वसम्मत
Sarbottam CementSarbottam Cement

बुटवल । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सन्तोष कुमार पाण्डेय सर्वसम्मत चयन भएका छन् ।

सोमबार लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले पाण्डेयलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको पार्टीका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुन् ।

त्यस्तै, संसदीय दलको उपनेतामा रुपन्देही क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा युवा नेता कन्हैया बनिया चयन भएका छन् ।

Global Ime bank

संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हेमा बेल्बासे केसी चयन भएकी छन्। उनी समानुपातिक सांसद हुन् । लुम्बिनी प्रदेशमा लोसपाबाट निर्वाचित तीनजना सांसद छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय