site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
क्षतिपूर्ति दिन रुस सहमत : परराष्ट्रमन्त्री

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन हुन नसकेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले रुसमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले पहल गरिरहेको उल्लेख गरे ।

उनले रुसी सेनामा रहेका नेपालीको संख्या त्यहाँको सरकारसँग माग गरिएको जानकारी गराए । रुसमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउन र क्षतिपूर्ति समेत माग गरिएको उनले बताए । क्षतिपूर्तिका विषयमा रुस सरकारले सहमति जनाएको उनको भनाइ छ ।

प्यालेस्टाइनी लडाकु समूह हमासको कब्जामा रहेका भनिएका विपीन जोशीको आधिकारिक अवस्थाका बारेमा जानकारी पाउन नसकिएको पनि उनले बताए ।

उनले आर्थिक कूटनीतिलाई मात्र केन्द्रित गर्ने गरी छुट्टै महाशाखा बनाउने तयारी गरिएको जानकारी गराए । यसबाट विकास र समृद्धिको कार्यभार पूरा गर्न सहज हुने उनको धारणा छ ।

परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताए । अहिले संघीय सरकारले नै परराष्ट्र नीति हेर्ने भएकाले प्रदेश तहले पनि आफ्नै परराष्ट्र नीति बनाउन खोजे समस्या हुने उनले उल्लेख गरे ।

बैठकमा समिति सदस्यहरूले मापदण्डका आधारमा राजदूत नियुक्त गर्नुपर्ने, रुसमा रहेका नेपालीको अवस्था सार्वजनिक गर्नुपर्नेलगायत धारणा राखेका थिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro