राजनीति
काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्नुपर्ने उमेदवार र तिनका प्रतिनिधिले माग राखेका छन् ।
मतगणनामा हुनसक्ने खतरा र मतपत्र च्यातिएको अवस्थामा दोषि पत्ता लगाउन सहज हुने भन्दै सीसी क्यामेराको व्यवस्थाको माग गरेका हुन् । २ नम्बर प्रदेशको एकमात्र महानगर वीरगञ्जमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली लगाएको छ । तारजाली भित्र मतगणना हुने भएकाले सीसी क्यामेरा आवश्यक नपर्ने आयोगको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४ ०९:५५
प्रतिक्रिया दिनुहोस्