site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
५० प्रतिशतले घट्यो घरजग्गाको कारोबार, मूल्य घट्दासमेत खरिदकर्ता भेटिएनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । कात्तिक महिनामा २७ हजार ९३९ संख्यामा घरजग्गाको लिखत पास भयो ।  गतवर्ष कात्तिक महिनामा ५० हजारको संख्यामा लिखत पास भएको थियो ।

गतवर्षको तुलनामा कात्तिक महिनामा घरजग्गाको लिखत पास ५० प्रतिशतले घटेको छ ।  चालु आर्थिक वर्षको साउनदेखि नै घरजग्गा कारोबार ओरालो लागेको संकेत कात्तिकको कारोबारले गर्छ । 

कात्तिक महिनामात्र नभएर साउनदेखि नै गतवर्षको तुलनामा घरजग्गा कारोबार ओरालो लागेको थियो ।  चालु आर्थिक वर्षको साउन महिनामा ३३ हजार ८३४ वटा लिखत पास भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

गतवर्ष साउन महिनामा ७५ हजार ७१७ वटा लिखत पास भएको थियो ।  भदौ महिनामा ३४ हजार ७२० वटा लिखत पास भएको थियो । 

गतवर्ष भदौ महिनामा ७० हजार ९० वटा लिखत पास भएको थियो ।  असोज महिनामा २५ हजार ७८९ वटा लिखत पास भएको थियो । 

Global Ime bank

गतवर्ष ५१ हजार २२७ वटा लिखत पास भएको थियो ।  लिखत पासमा भएको कमीले चालु आर्थिक वर्षको सुरुदेखि नै घरजग्गा कारोबार ओरालो लागेको देखाएको छ । 

नेपाल उद्योग परिसंघले अध्ययनले घरजग्गा व्यवसाय चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गतवर्षको तुलनामा ५२.८ प्रतिशतले मागमा कमी आएको देखाएको थियो ।  कारोबार ४० प्रतिशतले घटेको देखिएको थियो । 

घरजग्गा व्यवसायमा आएको मागको मन्दी तथा घटेको कारोबारको असर निर्माणसँग सम्बन्धित उद्योग डण्डी र सिमेन्ट उद्योगमा समेत परेको परिसंघको अध्ययनले देखाएको थियो । 

परिसंघको अध्ययनले सिमेन्टको मागमा ४०.२ प्रतिशतले कमी आएको थियो भने कारोबार ३९ प्रतिशतले घटेको थियो । 

फलामे डण्डीको मागमा ६१.१ प्रतिशतले कमी आएको थियो । 

कारोबार ५३ प्रतिशतले घटेको थियो । योसँग जोडिने अर्को क्षेत्र इन्जिनियरिङ तथा निर्माण क्षेत्रको मागमा ४३.४ प्रतिशतले कमी आएको थियो भने कारोबार ४३.७ प्रतिशतले घटेको थियो । 

घरजग्गा कारोबारमा आएको कमीको असर सरकारले पाउने राजस्वमा समेत परेको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारले घरजग्गा क्षेत्रबाट ११ अर्ब ८७ करोड ७१ लाख १९ हजार २६७ रुपैयाँ राजस्व संकलन गरेको छ । 

गतवर्षको चार महिनामा २९ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।  गतवर्षको तुलनामा अहिले साढे दुई गुणाले घरजग्गा क्षेत्रबाट आउने राजस्व संकलन घटेको हो । 

नेपाल जग्गा तथा आवास विकास संघका  महासचिव पुरुषोत्तम पौडेल जग्गाको वर्गीकरण रोकिएको कारण घरजग्गा व्यवसाय ओरालो लागेको बताउँछन् । 

“भूउपयोग नियमावली अनुसार स्थानीय तहले जग्गाको वर्गीकरणको काम नसकेको कारण कारोबार घटेको हो,” पौडेलले भने,“आफूले किनेको जग्गा कुन वर्गमा पर्छ, त्यसको निचोड नहुँदासम्म जग्गा किन्ने कुरा भएन, जसले गर्दा कारोबार ओरालो लागेको हो ।” 

यसबाहेक कर्जाको ब्याजदर बढ्दा समेत घरजग्गा व्यवसाय ओरालो लागेको हो ।  घरजग्गा व्यवसाय ओरालो लाग्दा राजस्व संकलनमा समग्र राजस्व संकलनमा समेत असर गरेको छ । 

घरजग्गाबाट आउने राजस्व बाहेक आन्तरिक तर्फ भ्याटमा समेत यसको असर देखिएको हो ।  आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली कित्ताकाट रोकिएको तथा घर निर्माणको काम नभएको कारण राजस्व संकलनमा केही असर गरेको बताउँछन् । 

“गतवर्षको तुलनामा कम राजस्व उठ्नुमा घरजग्गा क्षेत्रको कारोबारमा आएको मन्दीपनि एउटा कारण छ,” मैनालीले भने, “स्थानीय तहले जग्गाको वर्गिकरणको काम सकाएपछि यसबाट परेको असर कम हुने हाम्रो अपेक्षा छ ।”

गत आर्थिक वर्षमा करिब एक खर्ब रुपैयाँ घरजग्गाको कारोबारबाट मात्र उठेको थियो । 

घरजग्गा कारोबारसँगै घर निर्माण हुँदा निर्माण क्षेत्रबाट समेत राजस्व उठ्ने हुँदा यसको असर समग्र राजस्व प्रणालीमा पर्ने गर्छ । 

अहिले सरकारको राजस्व गत आर्थिक वर्षको तुलनामा करिब २० प्रतिशतले कमी आएको छ ।  कित्ताकाट रोकिनुसँगै राष्ट्र बैंकको नियमले समेत व्यवसाय ओरालो लागेको व्यवसायीहरु बताउँछन् । 

अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढी छ ।  चाहेअनुसारको सहज ऋण बैंक तथा वित्तीय संस्थाबाट पाउने अवस्था छैन । 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा घरजग्गा व्यवसायलाई कडाई गर्ने मौद्रिक नीति राष्ट्र बैंकले लिएको थियो ।  राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा धितो राखेर दिने कर्जाको सीमा घटाएको थियो । 

बैंक तथा वित्तीय संस्थाले घरजग्गाको धितोको  ‘फेयर मार्केट भ्यालू’ बीचको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र उपत्यका बाहिरको हकमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको थियो ।

गत आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत रियलस्टेट क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम भार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याएको थियो । 

गतवर्षसम्म ८ प्रतिशत ब्याजदरमा पाइने घरजग्गा कर्जा अहिले १४ प्रतिशतसम्म पुगेको छ ।  अझै केही बैंकले १६ प्रतिशतसम्म ब्याजदर पुर्याएका छन् । 

ब्याजदरमा भएको वृद्धिले निश्चित आम्दानी भएका मध्यमवर्गलाई घरजग्गा किन्न नै नसक्ने स्थिति बनाएको छ । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको कात्तिक देखि कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जाको मार्गदर्शनले समेत घरजग्गा व्यवसायलाई थप प्रभावित पार्ने अनुमान व्यवसायीहरु गर्छन् । 

सट्टेबाजीको रुपमा घरजग्गामा लगानी गर्ने व्यवसायीहरु यसले निरुत्साहन हुने अनुमान गरिएको छ । 

यद्यपी पछिल्लो समय केन्द्रीय बैंकले चालु पुँजी कर्जाको मार्गदर्शनमा आवश्यक संशोधन गर्ने भन्दै सरोकारवालासँग सुझाव मागेको छ । 

घरजग्गा व्यवसायी दीपक लामा गतवर्षको तुलनामा २० प्रतिशतसम्म मूल्य घट्दा समेत घरजग्गा किन्ने ग्राहक पाउन नसकिएको बताउँछन् । 

“गतवर्ष घरजग्गा बिक्रीको सूचना सामाजिक सन्जाल तथा अनलाइनमा गरेको बढीमा एक महिनामा बिक्री हुने गरेको थियो,” उनले भने,“अहिले तीन महिना कट्दा समेत बिक्री हुन मुस्किल परेको छ।”

घरजग्गा बिक्रीको कमको असर बैंक तथा वित्तीय संस्थालाई समेत परेको छ ।  बैंक तथा वित्तीय संस्थाले लिलामीमा लगेका घरजग्गा अहिले बिक्री भएका छैनन् । 

एक वाणिज्य बैंकका प्रमुख कार्यकारी  अधिकृतले लिलामीको लागि राखिएको घरजग्गा बिक्री नभएको सुनाउँछन् । 

“प्राइम लोकेसनमा काठमाडौंमा राखिएको जग्गासमेत बिक्री हुन नसक्ने स्थिति देखिएको छ,” ती प्रमुख कार्यकारी अधिकृतले भने, “खरिदकर्ता नभएपछि लिलामीको सूचना मात्र जारी गर्नुपर्ने स्थिति देखिएको छ ।”

लिलामीमा लगाएको घरजग्गा बिक्री नहुँदा आउने दिनमा बैंकको खराब कर्जा बढ्ने देखिएको छ । 

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा असुल हुनुको पछाडि घरजग्गा धितोमा राखेर दिएको ऋण प्रमुख कारण थियो । 

जसले विगतमा खराब अवस्थामा पुगेका बैंक तथा वित्तीय संस्थालाई समेत सुधार गर्न मद्दत गरेको थियो ।  राष्ट्र बैंकको तथ्यांकअनुसार ३१ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा घरजग्गा धितो राखेर दिइएको छ । 

कुल कर्जामा बैंक तथा वित्तीय संस्थाले ६६.७३ प्रतिशत कर्जा घरजग्गा धितो राखेर दिएका छन् ।  घरजग्गाको कारोबार घट्दै जादा वित्तीय प्रणालीमासमेत जोखिम आउने अर्थशास्त्री नरबहादुर थापा बताउँछन् । 

“कारोबार घट्दै गएपछि जोखिम आउने पक्का हो,अत्याधिक घरजग्गामा भएको लगानीले अहिलेको स्थिति आउनुपर्ने नै थियो,” थापाले भने,“घरजग्गामा मात्र लगानी गरेर छोटो समयमा नाफा खाने चलन रोकिनुपर्छ,यसले सबैलाई घरजग्गामा फाइदा मात्र हुँदैन भन्ने शिक्षा समेत दिएको छ ।”


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC