site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुर्घटनामा मृत्युपछि काठमाडौंमा टिपरका नक्कली चालक खडा
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा एक टिपर चालकले नक्कली आरोप स्वीकार गरेको पाइएको छ ।

गएको आइतबार राति ८ बजेतिर काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चिसापानी सडकखण्डमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको थियो । नुवाकोटतर्फ जाँदै गरेको प्रदेश ३ बा ६१८९ नम्बरको मोटरसाइकलमा सवार २३ वर्षीय सविन फुँयालको मृत्यु भएको हो ।

सडकमा घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि ग्रीनसिटी अस्पतालमा लगिएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार उपचारका क्रममा उनको सोही राति ११ बजे मृत्यु भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटना गराएको भन्दै प्रहरीले बा४ख ९५४३ नम्बरको टिपरका चालक शिव बलामीलाई पक्राउ गरेको थियो । सुरुमा उनले आरोप स्वीकार गरेका थिए । तर, पछि आफूले टिपर नचलाएको बताएपश्चात् नक्कली चालक खडा गरिएको रहस्य खुलेको हो ।

घटनामा संलग्न रहेको आरोपमा टिपरका साहुलाई पनि प्रहरीले पक्राउ गरेको छ । टिपर चलाउनेसँग सवारी चालक अनुमतिपत्र नभएकाले कागजात भएका बलामीलाई आरोप स्वीकार गर्न लगाइएको हुन सक्ने आशंका गरिएको छ ।

Global Ime bank

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

आक्रोशित स्थानीयले सोमबार दिनभर सो क्षेत्रमा प्रदर्शन गरेका थिए । उनीहरूले प्रहरीको मोटरसाइकल समेत जलाए । मृतकका आफन्तले भने दुर्घटना नभई हत्या गरिएको दाबी गर्दै आएका छन् ।

यस्तो थियो घटना
आइतबार साँझ तारकेश्वर नगरपालिका–६ मा सविन आफ्ना चार साथीहरूसँग रहेको खुलेको छ । उनीहरू सबैले एक खाजा पसलमा बसेर मादकपदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

खानपानपछि तीन साथीहरू एकै मोटरसाइकलमा चढेर निस्किएका थिए । सविन आफैँले हाँकेर एक मोटरसाइकल चलाएका थिए ।

तीन साथीहरू अगाडि रहेको र सविन एक्लै हुँदा नआएपछि साथीहरूको समूह उनलाई खोज्न फर्किएको थियो । फर्कंदा तारकेश्वर–६ स्थित सडक किनारमा सविनलाई घाइते अवस्थामा देखेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा लगेका थिए । सोही क्रममा उनको ज्यान गएको हो ।

स्थानीयले प्रहरी वृत्त बालाजुले अनुसन्धानमा लापरबाही गरेको भन्दै दुर्घटना नभई हत्या भएको दाबी गरेका छन् । उनीहरूले प्रहरी कार्यालयमा जाहेरी नदिएको र जाहेरी दिएपछि अनुसन्धान अगाडि बढाउन सहज हुने एसपी मैनालीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC