site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जो पार्टी त्यागेर पनि सांसद बन्न पाएनन्
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । संसदीय चुनावमा पार्टीबाट टिकट नपाएपछि पार्टी परित्याग गर्ने र परिवर्तन गर्ने नेता यसपटकको चुनावमा धेरै देखिए । मधेस प्रदेशमा पनि टिकट नपाएको तथा पाउने ग्यारेन्टीसहित पार्टी परिवर्तन गर्ने नेताहरुको सूची लामै बन्यो । तर, गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पार्टी फेरेर उमेदवार बनेका सबैले सांसद भने बन्न पाएनन् । 

सांसद बन्नकै लागि जनता समाजवादी पार्टी त्याग गरेर महोत्तरीकी डा. रिना यादव नेकपा (एमाले) प्रवेश गरेकी थिइन् । चुनावको मुखमै गत असोज १ गते उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरकी थिइन् । 

रिनाले एमालेको समानुपातिक कोटामा सांसद बन्ने आश्वासन पाएकी थिइन् । एमालेको बन्द सूचीमा उनको नाम पनि राखिएको थियो । तर, उनी सांसद बन्न सकिनन् । उनी यसअघि तत्कालीन राजपाबाट समानुपातिक कोटामा सांसद बनेकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, धनुषाको किसोरी साह (कमल) पनि पार्टी त्याग गरेका थिए । उमेदवारीको दिन उनले एमाले त्याग गर्दै धनुषा निर्वाचन क्षेत्र १ बाट डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट प्रतिनिधिसभामा उमेदवारी दिएका थिए । तर, उनी पराजित भए ।

साहलाई यसपालि एमालेले टिकट दिएन । यसअघि, उनी एमालेबाट नै धनुषा १ को ‘क’बाट प्रदेशसभामा निर्वाचित भएका थिए । मधेश प्रदेशसभामा उनी एमालेको प्रमुख सचेतकको भूमिकामा थिए । 

Global Ime bank

जसपा त्याग गरी लोसपाबाट उमेदवारी दिएका कौशलकुमार यादव पनि पराजित भए । उनी यसअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट सांसद थिए । पछि महन्थ ठाकुर नेतृत्वको राजपा र संघीय समाजवादी एकीकरण भई जसपा बनेको थियो । जसपाबाट महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन हुँदा यादवले पछि जसपा नै राजेका थिए । तर, चुनावको मुखमा उनले लोसपाबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’मा उमेदवारी दिएका थिए । उनलाई एमालेका सरोजकुमार यादवले पराजित गरेका छन् ।
 
जसपाकै नेतृ करिमा वेगमाले पनि पार्टी त्याग गरी स्वतन्त्र उमेदवारी दिएकी थिइन् । पर्सा निर्वाचन क्षेत्र २ को ‘ख’बाट स्वतन्त्र उमेदवारी दिएकी उनले सम्मानजनक मत पनि ल्याउन सकिनन् । यसअघि, उनी सोही क्षेत्रमा संघीय समाजवादी फोरमबाट निर्वाचित भएर सांसद भएकी थिइन् । 

मधेस प्रदेशका पूर्वउद्योग पर्यटन तथा वनमन्त्री पनि पराजित भएका छन् । सर्लाही निर्वाचन क्षेत्र २ बाट उनले जसपा त्याग गर्दै स्वतन्त्र उमेदवारी दिएका थिए । तर, उनी तीन हजार २५३ मत मात्रै ल्याउन सके । यसअघि उनी सोही क्षेत्रबाट तत्कालीन राजपाबाट निर्वाचित भएका थिए । 

पछि जसपाबाट अलग्गिएर लोसपा गठन हुँदा मन्त्री पद जोगाउन उनी जसपा नै रोजेका थिए । तर, जसपाले उनलाई गठबन्धनका कारण टिकेट दिएन । यहाँ एमाले–जसपा गठबन्धनबाट एमालेका किसुनदेव राय उमेदवार थिए । उनलाई पराजित गर्दै यहाँ जंगिलाल राय निर्वाचित भएका छन् ।

यस्तै, पूर्वसांसद जन्नत अन्सारी पनि पराजित भए । उनी पर्सा निर्वाचन क्षेत्र नम्बर १ को ‘क’बाट जसपा त्याग गर्दै स्वतन्त्र उमेदवार बनेका थिए । उनले एमाले–जसपा गठबन्धनको साझा उमेदवार विचारीप्रसाद यादवलाई अस्वीकार गर्दै स्वतन्त्र उमेदवारी दिएका थिए । यसअघि, उनी संघीय समाजवादी फोरमबाट सोही क्षेत्रमा निर्वाचित भएका थिए । 

यी सबै उमेदवारहरुलाई पार्टीले कारबाही पनि गरेका छन् । कतिपयले पार्टीकै आधिकारिक उमेदवारविरुद्ध उमेदवारी दिएका थिए भने कतिपयले पार्टीकै आन्तिरक सहमतिमा गठबन्धनका उमेदवारविरुद्ध खडा भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ०७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC