site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ठेकेदारले सुनधारा पछाडि खाल्डो खन्दा भाँचियो काठको ऐतिहासिक डुँड, स्थानीयले रोके काम
Sarbottam CementSarbottam Cement

काठमाडौं । धरहरा निर्माण कम्पनी जीआई ईपीसी रमण कन्ट्रक्सनले सुनधारा पछाडि ट्यांकी बनाउने भन्दै खाल्डो खनेपछि काठको ऐतिहासिक ‘डुँड’ भग्नावशेष बनेको छ । 

सम्बन्धित वडाले कम्पनीलाई जानकारी गराउँदा गराउँदै पनि सो क्षेत्रमा खाल्डो खनेपछि ‘डुँड’ भाँचिएको हो । ठेकेदार कम्पनीले खाल्डो खन्दा सुनधारामा पानी आउने बाटो ‘डुँड’ भाँचिएको देखेपछि स्थानीयले सबै काम रोकेका छन् । 

‘डुँड’ भाँचिएपछि महानगरका मेयर बालेन्द्र शाह (बालेन) सहित वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनको टोलीले निरीक्षण गरेको छ । निरीक्षणपछि बालेनले तत्काल काम रोक्ने र त्यसबारे सरोकारवाला निकायसँग छलफल गर्ने बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

वडाध्यक्ष महर्जनले सुनधारा अगाडि पानी जाने काठको ‘डुँड’ भाँचिएको बताए । आफूहरूले पटक–पटक निर्माण कम्पनीलाई सचेत गराउँदा गराउँदै पनि जबरजस्त खाल्डो खनिएको बताए । 

“सुनधाराको पानी बग्ने ठाउँमा खन्दा अलिकति ‘कमनसेन्स’ त लाउनुपर्छ नि । पानी आउने ऐतिहासिक डुँड (बाटो) बिगारिएको छ । सो क्षेत्रमा २७–२७ फिटको डुँड भाँचिएको छ । हामीले १०० वर्ष पुरानो ऐतिहासिक क्षेत्रलाई जोगाउने भन्दाभन्दै आज भग्नावशेष बनाइयो,” वडाध्यक्ष महर्जनले भने । 

Global Ime bank

अहिले कम्पनीले जथाभावी डोजर चलाएर ऐतिहासिक सुनधारा क्षेत्रको स्वरूप नै बिगारेको अध्यक्ष महर्जनको आरोप छ । “सुनको धारा । काठमाडौंको हिटी प्रणालीलाई संरक्षण गर्ने हाम्रो स्पष्ट धारणा हो । हाम्रो इतिहासलाई मिचियो । धरहरा बनाउने ठेकेदारले सुनधारा बनाउन सक्दैन । यसमा पुरातत्व विभागको भूमिका के हो ? विभाग बेखबर छ । प्राचीन स्मारक ऐनबमोजिम कारबाही हुन्छ,” उनले भने । 

प्राचीन स्मारक संरक्षण ऐन–२०१३ को दफा १२ (ग) मा ‘कुनै पुरातात्त्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, बिरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानि÷नोक्सानी गरेमा त्यस्तो पुरातात्त्विक वस्तुको बिगोबमोजिमको रकम असुलउपर गरी पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने’ व्यवस्था छ । 

कम्पनीले पुरातात्त्विक हिटी सभ्यता र सम्पदाको मर्म नबुझेपछि यस्तो घटना दोहोरिएको सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले बताए । “अब कारबाही गरिनुपर्छ । पुरातात्त्विक हिटीको महत्व नबुझ्नेहरूको व्यापारिक सोच मात्रै भयो । न पुरानो धरहरा संरक्षणमा जुटे न प्राचीन सुनधाराको मर्म बुझे,” उनले भने । 

पहिले धराहरा पुनर्निर्माणको जिम्मा पुनर्निर्माण प्राधिकरणलाई थियो । तर, धरहरा पुनर्निर्माण नसकिँदै प्राधिकरण खारेज भएपछि सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन तथा आवास कार्यालयलाई हस्तान्तरण गरिएको थियो । 

कम्पनीका प्रोजक्ट म्यानेजर सञ्जय नकर्मीले आफूहरूले सुनधाराकै लागि १ लाख लिटर अट्ने रिजर्भ ट्यांकी बनाउनको लागि खनेको बताए । उनले आइतबार पुरातत्व विभागलाई देखाएरै आज बिहान पनि काम गरेको बताए । “हामीले सुनधाराकै पानी ट्यांकी निर्माण गर्नका लागि खनेका हौँ । अब स्थानीयले काम रोकेका छन् । पुरातत्व विभागले हेरेर के गर्ने भन्नेबारे कदम लिन्छ होला,” नकर्मीले भने । 

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले आफूहरूलाई ‘डुँड’ भाँचिएको जानकारी प्राप्त भएको बताए । “हामीलाई जानकारी आएको छ । भोलि साइट निरीक्षणमा जान्छौँ अनि मात्रै केही भन्न सकिन्छ,” उनले भने । 

२०७८ पुनर्निर्माण नसकिँदै गतवर्ष वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको ‘टावर’ उद्घाटन गरेका थिए ।

०७५ असोज १४ गते धरहरा निर्माणका लागि ३ अर्ब ८ करोड ११ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सोही सम्झौताबमोजिम ०७७ सालमै पुनः निर्माण भइसक्नुपर्ने थियो । चारपटक म्याद थप हुँदा पनि पुनर्निर्माणको काम सम्पन्न भएको छैन । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement