site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अल्पमत र बहुमतको लडाइँले मधेसका एक दर्जन स्थानीय तह बजेटविहीन
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका एक सातादेखि बन्द छ । ६ महिनाको तलबभत्ता नपाएपछि कर्मचारीहरूले नै नगरपालिकामा तालाबन्दी गरेका हुन् । उनीहरूले दिनहुँ पालिका अगाडि धर्ना दिँदै आएका छन् । 

शिक्षकहरू धर्नामा बसेपछि विद्यालय पनि ठप्प छन् । विद्यालय बन्द भएपछि आइतबार विद्यार्थीहरूले पनि सडक जाम गरेर पालिकाविरुद्ध प्रर्दशन गरेका छन् । 

पालिकामा नयाँ जनप्रतिनिधि आएको सात महिना पुग्दै छ । आर्थिक वर्ष सुरु भएको पनि ६ महिना पुग्दै छ । तर, नगर परिषद् हुन सकेको छैन । नगर परिषद् नहुँदा उधारोमै पालिका सञ्चालन भइरहेको नगर प्रमुख विन्य कुमार यादवले जानकारी दिए । चालु आर्थिक वर्षमै १५/२० लाख भन्दा बढी उधारो रहेको उनको भनाइ छ ।

Agni Group
NIC Asia

सवारी इन्धन, बैठकको खाजा र चिया खर्च पनि उधारोमै चलेको छ । 

पालिकामा अल्पमत र बहुमतको विवाद छ । ५० जना कार्यपालिका सदस्य छन् । नगराइनमा नगर प्रमुख विनय कुमार यादव नेपाली कांग्रेसको हुन् । तर, बहुमत एमालेको छ ।

Global Ime bank

एमालेको उपप्रमुख राधादेवी यादवसहित २८ जना कार्यपालिका सदस्य छन् भने २२ जना कांग्रेसका छन् । एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले कानुन संशोधनको माग गर्दै परिषद्मा रोक लगाएका छन् । नगर प्रमुख यादवले आफूले १० पटकसम्म नगरसभाको बैठक बोलाइसकेको बताए । तर, एमालेबाट निर्वाचित जनप्रतिनिधि बैठकमा सहभागी नहुने गरेको उनको भनाइ छ । 

यहाँ मुख्यत: नगर स्तरीय योजना सञ्चालन हुने विषयमा विगतमा जनप्रतिनिधिहरूले कार्यविधि बनाएका थिए । सो कार्यविधिमा नगर स्तरीय योजना नगर प्रमुखकै नेतृत्वमा सञ्चालन हुने व्यवस्था छ । तर, अहिले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उक्त कार्यविधि संशोधन गर्नुपर्ने शर्त राखेका छन् । नगरकी उपप्रमुख राधादेवीले अधिकार र योजना बाँडफाटमा विवाद रहेको बताइन् । 

आदेश कुर्दै कमला
नगराइनजस्तै बहुमत र अल्पमतको समस्या धनुषाको कमला नगरपालिकामा पनि छ । एउटै पार्टीबाट नगर प्रमुख र उपप्रमुख निर्वाचित भएपनि पालिका सञ्चालनको विषयमा कुरा मिलिरहेको छैन । यहाँ आय व्यय, अधिकार र योजना बाँडफाँटको विषयमा विवाद रहेको उपप्रमुख शिलादेवी मण्डलले बताइन् ।

कमलामा पनि नगरसभा स्वीकृत नहुँदा उधारोमै कारोबार भइहरको छ । अति आवश्यक खर्च उधारोमै चलिरहेको नगर प्रमुख विशेश्वर यादवले जानकारी दिए । 

उनका अनुसार असार १० गते पालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । भदौ २० गते नगरसभा पनि बहुमतले गरिसकेका छन् । तर कामकाज अझै ठप्प छ ।

कारण उपप्रमुखसहितका कार्यपालिका सदस्यले उच्च अदालतमा नीति तथा कार्यक्रम खारेजीको माग गर्दै मुद्दा दिएका छन् । सोही मुद्दाको आदेश कुरिरहेको नगर प्रमुख यादवको भनाइ छ ।

"उपप्रमुखले अदालतमा मुद्दा दिएका छन् । हामीले बहुमतले पारित गरेको नीति तथा कार्यक्रम र बजेट भाषण अदालतले खारेज गर्न पनि सक्छ," उनले भने, "मंसिर २१ गते तोकिएको पेसी स्थगित भएको छ । फैसला आउने बित्तिकै अख्तियारी दिइन्छ । कामकाज सुरु हुन्छ ।"

क्षीरेश्वरमा ६ करोड पुरानै बक्यौता
क्षीरेश्वरनाथ नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसकेको छ । तर स्वीकृत गराउन सकेको छैन । असार १० गते नै नगरप्रमुख सुकदेव यादवले बजेट प्रस्तुत गरेपनि स्वीकृत अझै हुन सकेका छैन । यहाँ पनि अल्पमत र बहुकतको विवाद देखिएको छ ।

पालिकाले आगामी पुस ६ गते पुनः नगरसभाको अर्को बैठक आयोजना गरेका छन् । यहाँ पनि नगराइन र कमला जस्तै समस्या देखिएको छ । जसले गर्दा पालिका उधारोमै सञ्चालन भइरहेको छ । पालिकाको कर्मचारी अनुसार ६ करोड बक्यौता गत आर्थिक वर्षकै बाँकी रहेको छ । कर्मचारीहरूले पनि पाँच महिनाको तलब र चाडपर्व भत्ता पाएका छैनन् । यहाँको कर्मचारी पनि गत महिनामा तलब माग गर्दै कालोपट्टी बाँधेर प्रर्दशन गरेका थिए । 

धनुषाको कमला, नगराइन र क्षीरेश्वरनाथ जनप्रतिनिधिको विवादले उधारमो सञ्चालन भइरहेको प्रतिनिधिमुलक मात्र हुन् । मधेस प्रदेशमा करिब ६ प्रतिशत पालिका उधारोमै सञ्चालन भइरहेका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको वेवसाइट पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्टि गरेको विवरणअनुसार करिब एक दर्जन पालिकाले अझै बजेट पेस गर्न सकेका छैनन् ।

मधेसका १३६ मध्ये ९४ दशमलब ९ प्रतिशत पालिकाले बजेट पेस गरिसकेका छन भने पाँच दशमलब एक प्रतिशत पालिकाले बजेट पेस गरेका छैनन् । अर्थात् निर्धारित समयमा करिब एक दर्जन पालिकाले बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu