site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुस र अमेरिकाबीच कैदी साटासाट 
Sarbottam CementSarbottam Cement

मस्को । अमेरिका र रुसले आपसमा आफ्ना कैदी साटासाट गरेका छन् । रुसले १२ वर्षदेखि अमेरिकी काराबासमा थुनिएका कुख्यात हातहतियार व्यवसायी भिक्टोर बाउटको बदलामा अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनरलाई कारागार मुक्त गरी अमेरिकासमक्ष सुपुर्दगी गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्रिनर सुरक्षित र सकुशल रहेकी तथा युनाइटेड अरब इमिरेट्सबाट विमान चढेर स्वदेश फर्कँदै गरेको जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ह्वाइट हाउसमा बाइडेनले भनेका छन्, “ग्रिनरको राम्रो हालखबर सुनाउन पाउँदा मलाई खुसी लागेको छ । पूर्व अवस्थामा फर्कन उनलाई केही समय लाग्ने नै छ ।"

गत फ्रेब्रुअरीमा ग्रिनरलाई साथमा भाङको तेल राखेको कारण मस्को विमानस्थलमा पक्राउ गरिएको थियो । गत महिना उनलाई कारागार चलान गरिएको थियो ।

Global Ime bank

लामो समयदेखि मस्कोले बाउटको रिहाइ चाहिरहेको स्थितिलाई मध्यनजर राख्दै बाइडेन प्रशासनले गत जुलाईमा रुससमक्ष कैदी साटासाट गर्ने प्रस्ताव राखेको थियो ।

रुसी विदेश मन्त्रालयले आबुधाबी विमानस्थलमा कैदी साटासाट भएको पुष्टि गर्दै आफ्नो नागरिक स्वदेश फर्काइएको जनाएको छ ।  

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  २१:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement