बाह्रखरी फोटो
नौमहिने छोरीलाई कोक्रोमा अस्पताल लिएर आएका सोलुखुम्बुका पोष्ट बराइली । काठमाडौंको तारकेश्वर नगरपालिका–८, फुटुङमा बस्दै आएका उनले सजिलोका लागि मोटरसाइकलको पछाडि कोक्रोमा राखेर छोरीलाई उपचारका लागि कान्ति बाल अस्पताल ल्याएको बताए ।
आधुनिक प्रविधिका समान भित्रिएसँगै पछिल्लो समय मालिंगो तथा बाँसका चोयाबाट बनेको कोक्रोको कम प्रयोग भएको पाइन्छ । तस्बिर : अस्मिता रिजाल/बाह्रखरी ।
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९ १४:२३
प्रतिक्रिया दिनुहोस्