देश
काठमाडौं । वृहस्पति विद्या सदनका शिक्षक र कर्मचारीले एक दिनको तलब बाढीपीडितका लागि दिएका छन् । उनीहरुले तलब काटेर जम्मा गरेको १ लाख रुपैयाँ आइतबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गराएका छन् ।
उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै १ लाखको चेक हस्तान्तरण गरेका हुन् । वृहस्पतिका विद्यार्थीहरुले साउन अन्तिम साता आएको बाढीका कारण प्रभावितहरुको सहयोगार्थ खाद्यान्न तथा लत्ताकपडा संकलन गरि पठाएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज १, २०७४ १८:०१
प्रतिक्रिया दिनुहोस्