site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्याङ्जा–२ (१) मा कांग्रेसका अर्याल विजयी
Sarbottam CementSarbottam Cement

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार १६१ मत प्राप्त गरी विजयी भएका हुन् । 

कांग्रेस उमेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार मोहन रेग्मीलाई दुई हजार ७३० मतान्तरले पराजित गरे । विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार ४३१ मत प्राप्त गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

स्याङ्जा–२ (१) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन् । विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । स्याङ्जा क्षेत्र नं २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । गुरुङले १२ हजार ९५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । एमाले उमेदवार पद्माकुमारी अर्यालले १० हजार ६२७ मतसहित पछ्याइरहेकी छन् । उनीहरुबीच दुई हजार ३२४ मतान्तर छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय