site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यासेन्जर, ह्वाट्सएप र भाइबरबाट साथीले नै पैसा माग्दैछन् ? होसियार !
सांकेतिक तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौैं । नेपाल प्रहरीको साइबर ब्यूरोले दुई दिनअघि एक विज्ञप्तिमार्फत अनुरोध गर्दै भनेको छ– साथी भाइको सामाजिक सञ्जालबाट जरुरी कोड नम्बर पठाएको छु भनि ओटीपी (वान टाइम पासवर्ड) माग गरी सम्बन्धित खातावालाको खाताबाट रकम निकाल्ने कार्य दिन प्रतिदिन बढ्दै गइरहेको पाइएको हुँदा ठगिने प्रवृत्तिबाट सजग रहौँ ।”

प्रहरीको साइबर ब्यूरोमा दैनिक यस्ता समस्या आएपछि विज्ञप्तिमार्फत् अनुरोध गर्नुपरेको थियो ।

अनलाइनबाट ठगी कसरी हुन्छ ?

तपाईँले चिनेजानेका कसैको फेसबुक ह्याक गरी तपाइँलाई ह्याकरले म्यासेज पठाउँछन् ।

जरुरी काम भएको हुँदा १० हजार रुपैयाँ पठाइदिनुस् । म बेलुका या भोलि फिर्ता दिन्छु । ह्याकरले एउटा मोबाइल नम्बर दिन्छ सो इसेवा आईडी भएको हुनाले त्यही नम्बर पठाइदिन आग्रह गर्दै ।

नजिकका आफन्तले फोन सम्पर्क पनि नगरी सो मोबाइल नम्बरमा पैसा पठाइदिएपछि मात्रै धेरैले थाहा पाउने गरेको प्रहरीको बुझाइ छ ।

ह्याक गरिएको फेसबुकबाट कैयौँलाई यस्तो म्यासेज पठाइने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

त्यसैले फेसबुकमार्फत कसैले कुनै नम्बर (ओटीपी) मोबाइलमा म्यासेज आएको छ भने नजिकको साथीलाई पनि नदिन प्रहरीले अनुरोध गरेको छ ।

फेसबुक तथा डिजिटल माध्यममा यस्ता म्यासेज आफ्नै साथीबाट आए पनि विश्वास नगर्न नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले आग्रह गरे ।

उनका अनुसार अहिले अनलाइनबाट ठगीको प्रवृत्ति बढ्दै गएकाले सबैको जानकारीका लागि अनुरोध गरिएको उनले बताए ।

उनका अनुसार अहिले पनि यस्ता निवेदनहरू दैनिक जसो आउने गरेकाछन् । प्रहरीले अनुसन्धान गरेर यस्ता व्यक्तिहरूलाई करबारही गर्ने गरेको भए पनि धेरैजनाले कुन ठाउँबाट ठगी गरिरहेका छन् भन्ने पत्ता लगाउनै समस्या पर्ने गरेको छ ।

कसरी बच्ने ठगिनबाट ?

फेबुक म्यासेन्जर, भाइबर र ह्वाट्सएपबाट पैसाको कुनै पनि प्रस्ताव आए त्यस्त प्रस्तावलाई विश्वास नगर्न पनि राई सुझाउँछन् । उनका अनुसार यस्टा घटनाहरू पहिलेदेखि नै हुने गरेको भए पनि फेसबुक ह्याक गरेर नै पैसा माग्ने प्रचलन पछिल्लो समय बढ्ने गरेको उनी बताउँछन् ।

साथीले म्यासेजमा पैसा मागे कसैले पनि विश्वास गर्न नहुने राईले बताए । उनका अनुसार यसरी पैसा मागेमा सम्बन्धित व्यक्तिलाई नै फोन गरेर मात्र पैसा पठाउन पनि उनले सुझाव दिए ।

त्यसैगरी इसेवाका कस्टोमर एक्सपेरिएन्स म्यानेजर रोशन राईले पनि यस्ता घटना बढेकाले बैंकबाट ईसेवामा पैसा लोड गर्दा आफ्नो ईसेवा आईडीमा पहिले पठाएर मात्र अरुको ईसेवामा पैसा पठाउन सुझाव दिए । 

आफ्नो ईसेवा आईडीमा पैसा लोड गरेर अरूको ईसेवामा ट्रान्सफर गर्दा नामसहितको विवरण देखिने भएकाले आफू सुरक्षित हुन जरुरी रहेको राईले बताए ।

बैंकबाट पैसा ट्रान्सफर गर्दा बैंकमा नै गर्दा सुरक्षित हुने पनि बताइएको छ । 

कस्ता कस्ता ठगी हुन सक्छन् ?

–अनलाइनमा मात्रै चिनजान भएको साथीले गिफ्ट पठाइदिने भनी प्रलोभनमा पार्ने र उक्त गिफ्ट प्राप्त गर्न ट्याक्स तिर्नुपर्ने भन्दै रकम माग गरिन्छ ।

–तपाईँको नाममा अनलाइन चिट्ठा पर्यो, उक्त चिट्ठा प्राप्त गर्नको लागि ट्याक्स क्लियरेन्सको विभिन्न बहानामा रकम माग गर्न सक्छन् ।

–सामाजिक सञ्जाल ह्याक गरी उक्त सामाजिक सञ्जाल प्रयोगकर्ताका निकटतम साथी पहिचान गरी विभिन्न बहानामा रकम माग गर्न सक्छन् ।

–साथीभाइको सामाजिक सञ्जालबाट जरुरी कोड नम्बर पठाएको छु भनी ओटीपी माग गरी सम्बन्धित खातावालाको खाताबाट रकम निकाल्न सक्छन् ।

–अनलाइनमा सस्तोमा सामान बिक्रीमा राख्ने र सामान पठाउनु पहिले रकम असुली गरी सामान आपूर्ति नगर्न सक्छन् ।

–सामाजिक सञ्जालमार्फत प्रेमजालमा पारी अनेकन बहाना बनाइ बैंकको खाता खोल्न लगाई एटीएम कार्ड र ओटीपीलगायतको विवरण लिन सक्छन् ।

–भिडिओ भाइरल गरिदिन्छु भनि रकम माग गर्न सक्छन् ।

–क्रिप्टोकरेन्सी–बिट क्वाइनमा लगानी गरे तुरुन्त डबल हुन्छ भनि रकम माग गर्न सक्छन् ।

यस्ता कार्य दैनिक बढ्दै गइरहेकाले सजग हुन आग्रह गरिएको ब्यूरोका उप निर्देशक पशुपति कुमार रायले जानकारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro