site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसदीय निर्वाचन २०७९ : कांग्रेस र एमाले बलियो बन्दा मधेसमा खस्कँदै माओवादी
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । मधेस प्रदेशमा प्रतिनिधिसभाको २६ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । ६ वटा निर्वाचन क्षेत्रको गणना हुँदै छ । हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार मधेस प्रदेशमा पुनः नेपाली कांग्रेस नै ठूलो दल बन्ने देखिएको छ । 

तर, आइसकेको परिणामअनुसार भने अहिले एमाले अग्रस्थानमा छ । एमालेले सात सिट जितिसकेको छ । कांग्रेसले ६ स्थानमा जित हासिल गरिसकेको छ भने गणना हुन बाँकी रहेको दुई स्थानमा अग्रता लिएका छ । गणना हुन बाँकी क्षेत्रमा एमालेको अग्रता नरहेका कारण कांग्रेसले अग्रता लिएका दुवै क्षेत्रमा जित निकाले पहिलो पार्टी बन्ने छ । 

Agni Group
NIC Asia

यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले तीन सिट जितेको छ भने गणना हुन बाँकी रहेको दुई स्थानमा अग्रता बनाएको छ । अग्रता बनाएका जसपाका दुवै उमेदवार जित्ने सम्भावना बढी देखिएको छ । सिरहा निर्वाचन क्षेत्र २ बाट जसपाका राजकिसोर यादव र धनुषा १ बाट दीपक कार्कीले अग्रता कायम राखेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेसमा अहिलेसम्म तीन स्थानमा जितेको छ । लोसपाका नेता राजेन्द्र महतो झिनो मतले सर्लाही निर्वाचन क्षेत्र २ मा पछाडि छन् । 

Global Ime bank

नेकपा (एकीकृत समाजवादी)ले मधेसमा दुई स्थानमा जित हासिल गरेको छ भने नेकपा (माओवादी केन्द्र)का उमेदवारले अन्तिम परिणाम आउन बाँकी रहेका तीन क्षेत्रमा अग्रता लिएका छन् । महोत्तरी निर्वाचन क्षेत्र १ मा गिरिराजमणि पोखरेल र सर्लाही २ बाट महेन्द्र यादव जितउन्मुख देखिएका छन् ।

मधेसमा यसपटक तीन क्षेत्रमा स्वतन्त्र उमेदवारले जितेका छन् भने एक सिट जनमत पार्टीले जितेको छ । स्वतन्त्रमध्ये सर्लाहीमा कांग्रेसका बागी अमरेस सिंहले जितेका छन् भने रौतहटमा एमालेको टिकेट त्यागेर स्वतन्त्र लडेका प्रभु साह र किरण कुमार साह जितेका छन् ।
 
०७४ को निर्वाचनमा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपा मधेसमा ठूलो दल थियो । उसले प्रत्यक्षमै नौ सिट जितेको थियो । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नौ सिटसहित दोस्रो स्थानमा थियो भने कांग्रेसले ६ र माओवादीले पाँच सिट मात्रै जितेका थिए । ०७४ मा एमाले मधेसमा कमजोर थियो । उसले दुई स्थानमा मात्रै जित हासिल गरेको थियो । 

यसपटक एमालेले मधेसमा निकै सुधारिएको प्रदर्शन गरेको छ । विगतभन्दा पाँच सिट बढी जितेको एमाले अहिलेसम्म समानुपातिकतर्फ मधेसमा पहिलो पार्टीको रुपमा अगाडि बढिरहेको छ । मधेसमा कांग्रेस पनि विगतभन्दा राम्रो नतिजा निकालेको छ । तर, माओवादी भने विगतभन्दा कमजोर भएको नतिजाले देखाउँछ । 

कुन क्षेत्रमा कुन उम्मेदवारको कस्तो ?
 
धनुषा १ : दीपक कार्की ( जसपा ) : १२९५१
धनुषा १ : मातृका यादव ( नेकपा माओवादी ) : ९६७९
धनुषा २ : रामकृष्ण यादव ( नेपाली कांग्रेस ) : २०११२ : निर्वाचित
धनुषा ३ : जुली कुमारी महतो ( नेकपा एमाले ) : ३३३५५ : निर्वाचित
धनुषा ४ : रघुवीर महासेठ ( नेकपा एमाले ) : ११६८९
धनुषा ४ : महेन्द्र यादव ( नेपाली कांग्रेस ) : १३५५८
महोत्तरी १ : गिरिराजमणि पोखरेल ( नेकपा माओवादी केन्द्र ) : १४७७०
महोत्तरी १ : लक्ष्मी महतो कोइरी ( नेकपा एमाले ) : १३७३३
महोत्तरी २ : सरत सिंह भण्डारी ( लोसपा ) : २५१९० : निर्वाचित
महोत्तरी ३ : राम आधार कापर ( स्वतन्त्र ) : ११५२९
महोत्तरी ३ : महन्थ ठाकुर ( लोसपा ) : १४७२४
महोत्तरी ३ : हरि नारायण यादव ( जसपा ) : १३४६६
महोत्तरी ४ : महेन्द्र कुमार राय ( नेपाली कांग्रेस ) : २१२३६
महोत्तरी ४ : सुरेन्द्र कुमार यादव ( जसपा ) : १६२०५
सप्तरी १ : नवल किशोर साह ( जसपा ) : २२५९५ :निर्वाचित
सप्तरी २ : चन्द्र कान्त राउत ( जनमत पार्टी ) : ३५०४२ : निर्वाचित
सप्तरी ३ : दिनेश कुमार यादव ( नेपाली कांग्रेस ) : २६१६६ : निर्वाचित
सप्तरी ४ : तेजुलाल चौधरी ( नेपाली कांग्रेस ) : ६६९२
सप्तरी ४ : शुकदेव प्रसाद साह ( जनमत ) : ४९७५
सप्तरी ४ : बालकिशोर यादव ( जसपा ) : ५०१५
सर्लाही १ : रामप्रकाश चौधरी ( लोसपा ) : २४८३८ : निर्वाचित
सर्लाही २ : महिन्द्र राय यादव ( नेकपा माओवादी केन्द्र ) : १५१०७
सर्लाही २ : राजेन्द्र महतो ( लोसपा ) : १४०६१
सर्लाही २ : राजनारायण साह ( नेकपा एमाले ) : १०८१९
सर्लाही ३ : हरिप्रसाद उप्रेती ( नेकपा एमाले ) : ३२९३८ : निर्वाचित
सर्लाही ४ :अमरेश कुमार सिंह ( स्वतन्त्र ) : २००१७ : निर्वाचित
रौतहट १ : माधव कुमार नेपाल ( नेकपा एकिकृ समाजवादी ) : ३३५२२ : निर्वाचित
रौतहट २ : किरण कुमार साह ( स्वतन्त्र ) : ३२८४२ : निर्वाचित
रौतहट ३ : प्रभु साह ( स्वतन्त्र ) : ३२४३७ : निर्वाचित
रोतहट ४ : देवप्रसाद तिमलसेना ( नेपाली कांग्रेस ) : ३४१६१ : निर्वाचित
पर्सा १ : प्रदिप यादव ( जसपा ) : २२५३७ : निर्वाचित
पर्सा २ : अजय कुमार चौरसिया (नेपाली कांग्रेस ) : २८४५१ : निर्वाचित
पर्सा ३ : राज कुमार गुप्ता ( नेकपा एमाले ) : २४२६० : निर्वाचित
पर्सा ४ : रमेश रिजाल ( नेपाली कांग्रेस ) : ३१२२४ : निर्वाचित
बारा १ : अच्युतप्रसाद मैनाली ( नेकपा एमाले ) : ३९१९५ : निर्वाचित
बारा २ : रामसहाय प्रसाद यादव ( जसपा ) : ११२६५
बारा २ : शिवचन्द्र प्रसाद कुशवाहा ( नेकपा माओवादी केन्द्र : ११५५४
बारा ३ : ज्वालाकुमारी साह ( नेकपा एमाले ) : २०२५१
बारा ३ : रामबाबुकुमार यादव ( जसपा ) : १७२७९
बारा ३ : लालबाबु सिंह भुइहार ( लोसपा ) : ११९६४
बारा ४ : कृष्णकुमार श्रेष्ठ ( नेकपा एकिकृत समाजवादी ) : २८३०७
बारा ४ : एकवाल मिँया ( नेकपा एमाले ) : १९११३
सिरहा १ : राम शंकर यादव ( नेकपा एमाले ) : २९४६२ : निर्वाचित
सिरहा २ : चित्रलेखा यादव ( नेपाली कांग्रेस ) : १७८७५
सिरहा २ : राज किशोर यादव ( जसपा ) : १९४९३
सिरहा २ : बिनोद कुमार यादव ( जनमत ) : १५६२३
सिरहा ३ : लिलानाथ श्रेष्ठ ( नेकपा एमाले ) : २८०६४ : निर्वाचित
सिरहा ४ : वीरेन्द्र प्रसाद महतो ( जसपा ) : २४१०२ : निर्वाचित

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  २०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu