site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महिलाले नेतृत्व गरिरहेको मतदान केन्द्र
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । नूतन झा उच्च अदालत जनकपुरकी प्रवक्ता हुन् । अहिले उनी निर्वाचन अधिकृत भएर मतदान केन्द्रमा खटिएकी छन् । आइतबार हुने निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिका–४ स्थित पशुसेवा मतदान केन्द्रको नेतृत्व गरिरहेकी छन् ।

सो मतदान केन्द्र धनुषाकै नमुना मतदान केन्द्र हो । त्यहाँ सबै महिला कर्मचारी मात्र खटिएका छन् । निर्वाचन अधिकृत झासहित आठ महिला कर्मचारीले मतदान कार्यको जिम्मेवारी सम्हालेका छन् ।

सुरक्षाकर्मीतर्फ पनि सबै जिम्मेवारी महिलालाई नै दिइएको छ । प्रहरी सहायक निरीक्षक रेनुका तमाङको नेतृत्वमा यहाँ तीन महिला नेपाल प्रहरी र पाँच महिला म्यादी प्रहरीलाई खटाइएको छ ।

Agni Group
NIC Asia

p31668867154.jpg

शनिबार दिउँसो मतदान केन्द्रमा पुग्दा निर्वाचन अभिकृत झा सर्वपक्षीय बैठकको तयारी गरिरहेकी थिइन् । शनिबारै यहाँ निर्वाचन अनुगमन परिचालन समिति, अमेरकी राजदूतावासलगायत टोलीले निरीक्षण गरेको थियो । ती टोलीलाई ‘बिफ्रिङ’ गर्न उनी व्यस्त भएकी थिइन् ।

Global Ime bank

उनी काँधमा जिम्मेवारी थपिँदा खुसी रहेको बताउँछिन् । मतदानका क्रममा हुन सक्ने अवाञ्छित गतिविधिप्रति सजग छिन् ।

p41668867180.jpg

झाजस्तै जिल्ला अदालत धनुषाकी कर्मचारी चाँदनी शर्मा पनि नमुना मतदान केन्द्रमा खटिन पाउँदा उत्साहित छन् । “महिलाले अवसर पाए गर्न सकिन्छ । शिक्षा र अनुभवको आधारमा मज्जाले नेतृत्व गर्न सकिन्छ,” उनले भनिन्, “मनमा डर छैन । हामीलाई यहाँ दुईवटा चुनौती आउन सक्छ । मतदाताले हामीसँग गर्न सक्ने व्यवहार र अर्को, उमेदवारका प्रतिनिधिहरूले हो–हल्ला गर्न सक्नेजस्ता चुनौती हामीलाई आउन सक्छ ।”

शर्माको शंकालाई थप मजबुत बनाउँछ, सर्वपक्षीय बैठकमा उमेदवारका प्रतिनिधिहरूले राखेको प्रस्तावले । बैठकमा उमेदवारका प्रतिनिधिहरूले चिया, पानी खुवाउनुपर्ने र ‘पोलि एजेन्ट’हरूले मोबाइल बोक्न पाउनुपर्ने माग गरे । तर, निर्वाचन अधिकृत झाले उनीहरूका माग अस्वीकार गरिन् ।

यो मतदान केन्द्रबाट मतदान गर्नेको संख्या ९३० छ ।

p21668867203.jpg

जिल्लामा करिब ३० मतदान केन्द्रमा महिला निर्वाचन अधिकृत पठाइएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । तर, पूर्णतः महिला कर्मचारी भएको मतदान केन्द्र यो मात्र हो ।

“सकारात्मक सन्देश दिनको लागि हामीले यसपटक नमुना मतदान केन्द्र बनाएका छौँ,” उनले भने, “यसले महिला सशक्तिकरणसहित नेतृत्वको राम्रो सन्देश जान्छ ।”

मधेस प्रदेशमा २१२ सामान्य मतदान केन्द्र, ८८८ संवेदनशील मतदान केन्द्र र एक हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ । प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूमा पनि सुरक्षाकर्मी परिचालन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu