site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यसरी खोलिँदै छ मेलम्ची सुरुङका गेट, मंसिरमै काठमाडौंमा पानी !
Sarbottam CementSarbottam Cement

काठमाडौं । वर्षायाम सकिएको झन्डै दुई महिनापछि मेलम्ची खानेपानी आयोजनाको काम सुरु भएको छ । खानेपानीका संरचनामा क्षति पुग्ने अनुमान गर्दै बन्द गरिएका सुरुङका गेट बाहिर थुप्रिएको गेग्रान पन्छाउन सुरु गरिएको हो ।
 
जेठमा बन्द गरेको सुरुङका गेटहरु पुनः खोल्न सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए । यसका लागि पाँचदिन अघिदेखि पुनः मर्मत सम्भारको काम सुरु गरिएकोे कुँवरले जानकारी दिए । 
 
“पूर्वतयारी गरेरै सुरुङका गेटहरू समयमै बन्द गरेकाले यसपटक संरचनामा खासै क्षति पुगेको छैन । तर, खानेपानीको मुहानसम्म पुग्ने अधिकांश सडक बिग्रिएकाले केही समय ढिलो भएको हो । हाल बिग्रिएका सडक निर्माणको काम सकिएको छ,” कुँवरले बाह्रखरीसँग भने । 

समितिका अनुसार आयोजनास्थलमा सुरुङका गेटहरूमा जम्मा भएको गेग्रान पन्छाउने काममा मेसिनसहित कर्मचारीहरू खटाइएको छ । सुरुङबाहिर जम्मा भएको गेग्रान खोतल्न सुरु गर्दै खोला डाइभर्ट गर्नेलगायत कामहरु भइरहेको कुँवरले बताए । 
 
सात महिनादेखि बन्द भएका सुरुङ अब चरणवद्ध रुपमा खोल्दै जाने कुँवरको भनाइ छ । “यसपटक गत वर्षजस्तो क्षति भएको छैन । सुरुङका गेटह खोल्दै हेर्ने काम सुरु भइसकेको छ । यसअघि सडक अवरुद्ध भएकाले आयोजनास्थलसम्म मेसिनहरू पुर्याउन सकिएको थिएन । अहिले द्रुत गतिमा काम भइरहेको छ,” कुँवरले भने । 

केही समय पानी पठाएपछि सुरुङ परीक्षणका लागि विसं ०७८ असार १ गते सुरुङ बन्द गरेकै दिन आएको बाढीपहिरोले आयोजनाको हेडवक्स, बाँध र सुरुङमा क्षति पुर्याएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

पुनःनिर्माणपछि गत जेठ तेस्रो सातासम्म काठमाडौंबासीका धारामा अस्थायी रुपमा पानी पठाइएको थियो । सुरुङ ‘प्रि–मनसुन’ सिजन सकिए लगत्तै असोजमा खोल्न सकिने समितिले बताएको थियो ।
 
सडक अवरुद्ध भएकै कारण कामदारहरू मुहानसम्म पुग्न नसक्दा पानी आउने समय धकेलिएको इन्जिनियर कुँवरले बताए ।
 
२२ वर्षको प्रतीक्षापछि पहिलोपटक गतवर्ष ०७८ चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो । 

Global Ime bank

सो समयमा चरणवद्ध रूपमा १७ करोड लिटर पानी वितरण हुँदै गर्दा उपत्यकामा धेरै हदसम्म पानी आपूर्ति भएको थियो । 

खानेपानी आयोजना पुनःनिर्माणका लागि ३६ करोड ४५ लाख ३३ हजार रुपैयाँ छुट्याइएको थियो । अहिलेसम्म खानेपानी आयोजनामा २० अर्ब रुपैयाँ खर्च भइसकेको छ । 

समितिका अनुसार चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोपावर कम्पनीले काम गरिरहेको छ । 

अम्बाथानस्थित मुख्य हेडवक्ससम्म पुगेको र चरणवद्ध रूपमा सुरुङका गेट खोल्दै जाने कुँवरले बताए । ९ नम्बर गेटसम्म जानलाई अझै दुई दिनजति लाग्ने समितिले जनाएको छ । 

गतवर्ष असारमा आएको बाढीले क्षति पुर्याएका संरचनाहरू हटाउन ७५ दिन लागेको थियो । सो समयको बाढिपहिरोले २२ मिटरसम्म गेग्रान थुपारेको थियो । यसपटकको करिब ५ देखि ६ मिटरमात्रै गेग्रान थुप्रिएको छ ।
 
“अहिले त्यतिधेरै काम गर्नु पर्दैन । छिट्टै काठमाडौं पानी पठाउँछौँ,” कुवँरले भने । 
 
मेलम्ची आयोजनाको खानेपानी यही मंसिर महिनाभित्रै काठमाडौंका धारामा पठाइने समितिले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार उपत्यकामा करिब ४३ करोड लिटर पानीको माग छ । 

मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ ।  गतवर्ष क्षति भएको पुनःनिर्माण गरेर काठमाडौंसम्म पानी ल्याइपुर्याउन ३५ करोड रुपैयाँ खर्च भएको थियो । अहिले थप पाँच करोड बजेट खर्च हुने अनुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement