site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘चुनावपछि वैकल्पिक शक्ति एक हुन्छौँ, देशलाई भ्रष्टाचारको दलदलबाट बाहिर ल्याउँछौँ’
Sarbottam CementSarbottam Cement

काठमाडाैं । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल अहिले काठमडौं क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यका उमेदवार हुन् । काखमा बच्चा बोकेकी आमा उनको चुनाव चिन्न हो । खरेल राजनीतिमा आउनुअघि नेपाल प्रहरीमा लामो समयसम्म काम गरे । आईजीपीको रोल क्रममा रहेका खरेललाई सरकारले आईजीपी नबनाएपछि डीआईजीबाट राजिनामा दिएर भ्रष्टाचार विरोधी अभियान चलाए ।

उनको यो अभियान अहिले पनि जारी छ । भ्रष्टाचारको मूल जरो राजनीति हो भन्दै यसलाई शुद्धीकरण गर्ने उद्देश्यले खरेलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उमेदवारी दिएका छन् । उनै खरेलसँग बाह्रखरीका बलराम बुढाथोकीले सोधेका पाँच प्रश्न :

१‍. काठमाडौं क्षेत्र नं. १ मा ठूला राजनीतिक दलका बीचमा अवस्था परिवर्तन गर्न भनेर हिँडेकाहरू एक हुन सक्नु भएन । तर, आफूआफू जित्ने प्रक्षेपण गरिरहनु भएको छ, सम्भव कसरी छ ?

Prabhu Bank
Agni Group
NIC Asia

हामी अहिलेको अवस्था परिपर्तन गर्न वैकल्पिक राजनीतिमा आएका हौँ । अहिले स्वतन्त्र रूपमा आएका साथीहरूसँग गठबन्धनका लागि मैले धेरै प्रयास गरे । तर असफल भएँ । यसरी एक हुन करिब तीन महिना मैले खर्च गरे । हामीले गरेका सहमति पनि भंग भए । हामी एक नभएकाले आम दाजुभाइ दिदीबहिले पनि प्रश्न गरिरहेका छन् ।

अब दलका नेता हैन । अहिले वैकल्पिक रूपमा आएका हामी तीनजना, नाम त म भन्दिन । तर, तपाईंहरूलाई थाहा छँदैछ, हामी तीनजनामध्ये जो असल लाग्छ भोट दिएर जिताउनुहोस् । मलाई नै जिताउनु पर्छ म भन्दिन । योग्य र सक्षम व्यक्ति छान्नुहोस्, म मतदातालाई भन्छु । तपाईंले छानेको प्रतिनिधिले पाँच वर्षमा तपाईंको समस्या बोक्न सकोस् ।

Global Ime bank

२. पछिल्लो समय जनताले राजनीतिक दलभन्दा स्वतन्त्रलाई बढी रुचाएको जस्तो देखिन्छ । तर, तपाईंहरू वैकल्पिक शक्ति भनेर लाग्नु भएकाहरूको मत त छरिएर हार्ने सम्भावन त रह्याे नि ?

अझैपनि म भन्दैछु यी पुराना पार्टीका नेताहरूले केही गर्न सकेनन् । त्यही भएर हामी आउनु परेको हो । पार्टीका नेता बाहेक म लगायत नयाँ जोस जाँगर भएका युवा नेताहरू जो ठीक लाग्छ तपाईंहरूले मतदान गरेर जिताउनु होला ।

जसले जनताको आवाज बोल्न सक्छ, जसको हाइट छ, जसले सांसद्को हाइट बढाउन सक्छ, त्यसैलाई भोट दिनुहोस् भनेको छु । हामीले अहिले देखिरहेकाहरूमध्येलाई नै दिनुहोस् । तर, गलतलाई नदिनुस् ।

३. तपाईंहरू अहिले वैकल्पिक शक्ति भन्दै हुनुहुन्छ । पार्टी सिस्टममा संगठित पार्टी बाहिरको एक जनाले जित्दा के त्यस्तो धेरै परिवर्तन हुन सक्छ र ?

हामी जस्तो बेतिथिको विरूद्धमा बोल्नेहरू संसदमा पुग्दा धेरै फरक पर्छ । यसको रिजल्ट तत्कालै नआउला । हामीले पाँच वर्षका लागि अथवा दीर्घकालीन सोचका साथ मत माग्न आएका हौँ ।

मैले वैकल्पिक शक्ति बनाउने क्रममा धेरै छलफल र प्रयास गरेँ । निर्वाचनपछि पनि हामीसँग सिद्धान्त मिल्नेसँग छलफल गर्छु । नयाँ ढंगले हामी अगाडि बढ्छौँ । नेपाल आमा भन्दा ठूलो कोही छैन । नेपाल आमालाई शिरमा राखेर अगाडि बढ्न म सबै मित्रहरूलाई अनुरोध गर्नेछु । सुशासन चाहानेहरू एक नभए सुखै छैन । हामी जसरी पनि एक हुनेछौँ ।

४. तपाईंको मूख्य चुनावी एजेन्डा के हो ?

अबको बाटो सुशासन नै हो । हामीले पहिलो नम्बरमा देशलाई हेर्नुपर्छ । देशभन्दा माथि कोही पनि हुन सक्दैन । भ्रष्टाचारको अन्त्य गर्ने मेरो लक्ष्य हो । सिंहदरबारदेखि सुरु भएको भ्रष्टाचार तल्लो स्तरसम्म छ । यसको अन्त्य नभए देश विकासले गति लिन सक्दैन ।

मेरो मूख्य एजेन्डा भनेको स्वच्छ खानेपानीको सहज उपलब्धता पनि हो । काठमाडौंको वाग्मती नदी आसपासमा बस्ने मानिसलाई अहिले पनि स्वच्छ खानेपानी उपलब्ध गराउन सकेका छैनौँ । यस्ता समस्या समाधानमा पहल गरेर समन्वयकारी भूमिका निर्वाह गर्नेछु । जनताका समस्या आफ्नै ठानी संसद्मा पुर्‍याउनेछु ।  

५. मतदाताहरूबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

काठमाडौं क्षेत्र नं. १ भनेको देशकै शिक्षित मतदाता बस्ने क्षेत्र हो । यो क्षेत्रका अधिकांश मतदाताले राजनीतिक दललाई भोट नदिने भनिसक्नु भएको छ । लागभग मैले घरदैलो कार्यक्रम सकिसकेको छु । सत्यकै जित हुन्छ । संसद बन्न योग्य म नै छु । र, मतदाताले पनि मलाई भनिसक्नु भएको छ, तपाईंलाई नै हो मत भनेर । उहाँहरूका समस्या संसदमा पुर्‍याउन सक्ने योग्य उमेदवार पनि म नै हुँ । मलाई क्षेत्र नं. १ का मतदाताले विश्वास गर्नुहुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement