site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पहिले कलाकार, अहिले उमेदवार
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । मुरलीधर मिजार, कृष्णा कुमार महतो र ज्ञानु कुमार यादव कलाकारिता क्षेत्रका अब्बल नाम हुन् । कला, संगीतसँग जोडिएका उनीहरू मंसिर ४ को निर्वाचनमा उमेदवार बनेका छन् । 

मुरलीधर सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट राप्रपाका उमेदवार छन् । कृष्णा धनुषा ४ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उमेदवार छन् । ज्ञानकुमार सिरहा ३ को ‘ख’मा प्रदेशसभा सदस्य पदका लागि जनमत पार्टीबाट उमेदवार बनेका छन् । कलाको माध्यमबाट उठाएको मुद्दा कार्यान्वयनका लागि उमेदवारी दिएको उनीहरूको भनाइ छ । 

नेपालमा मात्रै होइन भारतमासमेत ख्याती कमाएको नाम हो, मुरलीधर । अहिले उनी चुनावी मैदानमा छन् । निर्वाचन क्षेत्रमा मत माग्नु उनको अहिलेको दैनिकी हो । ‘उडायो सपना सबै हुरीले...’ बोलको गीत उनको लोकप्रिय गीच हो । नेपाली र हिन्दीमात्र होइन मैथिली, भोजपुरी, पञ्जाबी, मराठी र गुजराती भाषामा उनले सयौँ गीत गाएका छन् । पछिल्लो समय उनी फिल्म लेख्न र निर्देशनमा सक्रिय छन् । 

Agni Group
NIC Asia

उनी कलाका विभिन्न विधामा अब्बल छन् । तर, आसन्न निर्वाचनमा उनको जित सजिलो छैन । किनभने सिरहा निर्वाचन क्षेत्र २ बाट दुई पूर्वमन्त्री पनि चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनका राजकिशोर यादवले उनको सामना गर्नुपर्नेछ । 

चित्रलेखा र राजकिशोर यस पटक बलियो उमेदवारको रुपमा चर्चामा छन् । उनीहरूको संगठन पनि मजबुत छ । तर, मुरलीधर चुनाव लडेको राप्रपाको न संगठन अब्बल छ, न  उनी जनतामा भिजेका छन् । त्यसैले मुरलीधरलाई चुनाव जित्न ठूलो चुनौती छ ।
 
मुरलीधर जस्तै चुनौती कृष्णाकुमार महतोलाई पनि छ । यहाँ पनि दुई पुर्वमन्त्रीबीच प्रतिस्पर्धा छ । स्थानीय टेलिभिजनबाट प्रसारण हुने उनको ‘रोचकघोचक’ कार्यक्रम निकै चर्चित छ । हास्य कलाकार कृष्णा मधेसका प्रायः गाउँमा स्टेज कार्यक्रम लिएर पुगेका छन् । जब उनी स्टेजमा चढ्छन् तब दर्शकको हुटिङ सुरु हुन्छ । हसाएर उनले हजारौँ दर्शकको मन जितेका छन् । तर, चुनावमा मतदाताको मन जित्न सफल होलान् कि असफल ? मंसिर ४ को नतिजा कुर्नैपर्छ ।

Global Ime bank

उनी उमेदवार बनेको क्षेत्रमा नेकपा एमाले सचिव रघुवीर महासेठ, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र जसपाका केन्द्रीय सदस्य महाजन यादव उमेदवार छन् । जनतामा परिर्वतनको चाहना रहेकाले आफूले जित्ने कृष्णाको दाबी छ । 

“प्रत्येक पटक यहाँ जनता दलका नेतालाई मत दिएर दिक्क बनेका छन् । पश्चताप मानिरहेका छन्,” उनी भन्छन्, “‘जनता परिर्वतन खोजिरहेका छन् । जनताको भावना अनुसार मेरो जित हुन सक्छ ।” 

युवा गायक ज्ञानु कुमार यादव पनि चुनावी मैदानमा खडा भएका अर्का कलाकार हुन् । उनलाई पनि जित निकाल्न सहज छैन । यहाँ पाँच दलीय गठबन्धनका प्रमोद कुमार यादव उमेदवार छन् । उनी प्रदेश कानुनमन्त्री तथा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्षसमेत हुन् । एमाले–जसपा गठबन्धनबाट रेणु कुमारी यादवको उमेदवारी परेको छ । 

रेणु यसअघि मधेस प्रदेशको सांसद भइसकेकी छन् । यहाँ गोपालप्रसाद यादव र सिरहा नगरपालिकाका मेयर नवीन यादवका भाइ प्रवीन यादवले स्वतन्त्र उमेदवारी दिएका छन् । यहाँ स्वतन्त्र उमेदवारको प्रभाव पनि उत्तिकै देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu