site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महासेठ दोहोरिने योजनामा, यादव हराउने कसरतमा
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उमेदवारलाई अहिले मतदाता भेट्न भ्याइनभ्याइ छ । चुनावी एजेण्डासहित उमेदवार अबेर रातिसम्म घर दैलोमा पुगिरहेका छन् । चुनावी आंकलन भइरहेको छ । जोड–घटाउ र जित/हारबारे जनताले आआफ्नो धारणा व्यक्त गरिरहेका छन् । यहाँ प्रमुख दुई पार्टीका पदाधिकारी उमेदवार छन् । 

तीन केन्द्रीय नेतासहित २९ जना उमेदवार प्रतिस्पर्धामा छन् । पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव, नेकपा एमालेका सचिव रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य महाजन यादव प्रमुख दलका उमेदवार छन् । यी तीनै नेता ०७४ कै प्रतिस्पर्धी हुन् । यस पटक अन्य क्षेत्रमा एमाले–जसपा तालमेल भए पनि यी क्षेत्रमा हुन सकेन । 
 
एमालेका उमेदवार महासेठ पुनः जितेर दोहोरिने योजनामा छन् । कांग्रेसका सह–महामन्त्री यादव उनलाई हराउने कसरतमा छन् । जसपाका महाजन पनि दुवैलाई हराएर इतिहास बनाउन चाहन्छन् । यादव महासेठसँग ०७४ को बदला लिन एमालेका नेता तथा कार्यकर्ता कांग्रेसमा भित्र्याइरहेका छन् । उनले एमालेबाट समानुपातिकको लागि सिफारिस भएकी फुलकुमारी महतो र डा. सञ्जिव यादवलाई कांग्रेसमा ल्याए । त्यसअघि जसपा मधेस प्रदेश समिति वरिष्ठ उपाध्यक्ष शेषनारायण यादवलाई पार्टी भित्र्याएर प्रदेशसभातर्फ उमेदवार बनाइएको छ । 

Agni Group
NIC Asia

महासेठ पनि आफ्नो जित कायम राख्न रणनीति तयार गरिरहेका छन् । महासेठले सोही क्षेत्रमा घर भएका कांग्रेस नेता सन्तोष यादवलाई एमालेमा प्रवेश गराएर प्रदेशसभामा उमेदवार बनाएका छन् । यी दुवै नेतालाई पराजित गर्न जसपाका महाजन यादव पनि कसरतमा छन् । ०७४ मा थोरै मतले तेस्रो स्थानको मत ल्याएका महाजन विगतभन्दा बलियो भएको सावित गर्न चाहन्छन् । मधेस प्रदेश सरकारको नेतृत्व गरी जसपाले यी क्षेत्रमा काम गरेका कारण उनी बलियो भएको जिकिर गर्छन् ।
 
जसपाबाट प्रतिनिधिसभामा यादव, प्रदेशसभातर्फ ‘क’ मा ज्ञानेन्द्र यादव र ‘ख’ मा चन्देश्वर महतो उमेदवार छन् । एमालेबाट प्रतिनिधिसभामा महासेठ, प्रदेशसभातर्फ ‘क’ मा सन्तोष यादव र ‘ख’मा हरिनारायण महतो उमेदवार छन् । पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका यादव, प्रदेशसभातर्फ ‘क’ मा कांग्रेसकै शेष नारायण यादव र ‘ख’ नेकपा एकीकृत समाजवादीका शत्रुधन महतो उमेदवार छन् । 

जोड–घटाउमा कांग्रेस बलियो 
०७४ को निर्वाचनमा महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका यादव १९ हजार ९८८ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनेका थिए । उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी फोरमबाट महाजनले पनि १९ हजार ६६२ मत ल्याएका थिए । सो निर्वाचनमा एमाले र माओवादीबीच चुनावी तालमेल भएको थियो ।
 
माओवादीको मतसहित एमालेका महासेठ विजयी भएका थिए । मधेस आन्दोलनको रापताममै भएको निर्वाचनमा महाजनले पनि सम्मानजनक मत प्राप्त गरेका थिए । तर, यसपटकको परिस्थिति फरक छ । न आन्दोलनको महोल छ, न त एमाले माओवादीबीच चुनावी तालमेल नै । एमालेबाट वरिष्ठ नेता माधव कुमार नेपाल समूह पनि अलग्गिएको छ । यस्तो अवस्थामा महासेठ कमजोर देखिएको नेताहरूको विश्लेषण छ ।
 
स्थानीय निर्वाचनको मतपरिणाम अनुसार पनि कांग्रेस अगाडि देखिन्छ । ४२ वटा वडा रहेको यस क्षेत्रको १९ वटा वडामा कांग्रेस विजयी भएको छ । १२ वडामा एमाले विजयी भएको छ । पाँच पालिका रहेको यहाँ तीन पालिकामा कांग्रेस, एकमा एमाले र एक पालिकामा कांग्रेसकै वागी उमेदवार विजयी भएका छन् । 

Global Ime bank

यी क्षेत्रमा कांग्रेसले तीन उपप्रमुख पनि जितेको छ ।  यहाँ अहिले एक लाख १७ हजार १९५ मतदाता छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu