site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
अख्तियार आयोगले गर्‍यो १२२ वटा मुद्दाको पुनरावेदन
SkywellSkywell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरुमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

आयोगले मंगलबार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालु आर्थिक वर्ष २०७९÷०८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरुमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो । 

Dabur Nepal
NIC Asia

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालु आर्थिक वर्षमा विशेष अदालतबाट १६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटा मुद्दामा मात्रै सफलता प्राप्त भएको बताए । उनले त्यसमध्ये १२२ वटा मुद्दामा आयोगको चित्त नबुझेका कारण पुनरावेदनमा गएको स्पष्ट पारे । 

१८ वटा मुद्दामा भने आयोगसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको उनले बताए । प्रवक्ता भण्डारीले आयोगले २४ वटा मुद्दामा पुनरावेदन जानेगरी काम गरिरहेको र ती मुद्दाहरुको फैसला प्राप्तिका लागि कुरेको बताए । 

भण्डारीले अघिल्लो आर्थिक वर्षको दुईवटा मुद्दा पनि पुनरावेदन गरेको जानकारी दिए । सो मुद्दाहरु सामाजिक सुरक्षाभत्ता हिनामिना र गैरकानूनी सम्पत्ति आर्जनको रहेको उल्लेख गरे । 

पुनरावेदनमा गएका १२२ वटा मुद्दाहरुमध्ये गलत प्रतिवेदनका दुईवटा, झुटा बिल भरपाइका दुईवटा, घुस÷रिसवतका ११२ वटा, नक्कली बैंक ग्यारेन्टीको एउटा, जग्गाधनी स्रेस्ता सच्याएको एउटा र राजस्व चुहावटको एउटा रहेको उनले जानकारी दिए । त्यसैगरी सार्वजनिक पुल निर्माणको एउटा र गुणस्तरहीन सामान खरिदको एउटा रहेको उनको भनाइ छ ।

प्रवक्ता भण्डारीले गत आर्थिक वर्षमा विशेष अदालतबाट १४८ वटा मुद्दाको फैसला प्राप्त गरेकोमा ५७ वटामा मात्र सफलता प्राप्त गरेको पनि जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro