site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भुर्तेलले पाँच विकेट लिँदा मधेसविरुद्ध पुलिसको फराकिलो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिङमा कुशल भुर्तेल चम्किएपछि मधेस प्रदेशमाथि मंगलबार १९२ रनको फराकिलो विजय हासिल गर्दै नेपाल पुलिस क्लब समूह ‘बी’को विजेताका रूपमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

समूह चरणका खेलमा शतप्रतिशत जित निकालेको पुलिसले चार खेलबाट आठ अंक जोड्यो । हारका बाबजुद उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको मधेसले पाँच अंक जोड्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको २७४ रनको लक्ष्य पछ्याएको मधेसले २९.२ ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

मधेसलाई सस्तैमा समेट्न पुलिसका कुशल भुर्तेलले पाँच विकेट लिए । कुशलले ८.३ ओभरमा दुई मेडन राख्दै २२ रन खर्चिए । करण केसीले तीन र राशिद खानले दुई विकेट लिए ।

Global Ime bank

मधेसका मोहम्मद आदिल आलमले ४२ रन बनाए । रतन रौनकले ११ र हरिशंकर साहले १० रनबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि, अमित श्रेष्ठ, आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङमा उत्रिएको पुलिसले ४९.१ ओभरमा सबै विकेट गुमाएर २७३ रन बनाएको थियो ।

पुलिसका आरिफले ८६ बलमा आठ चौका र एक छक्कासहित ७३ रन बनाए । अमितले ९६ बलमा ६५ रन बनाउँदा नौ चौका प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ बलमा तीन चौका र एक छक्कासहित टिमको खातामा ५१ रन थपे । दिलीप नाथले ४० र ओपनर सुनील धमलाले ११ रन जोडे ।

मधेसका रुपेश सिंह र राजेश यादवले समान तीन विकेट लिए । मोहम्मद आदिल आलमले दुई विकेट लिँदा विशाल पटेल र हरिशंकर साहले एक/एक विकेट लिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC