site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
धितोपत्रको मार्जिन कारोबारका लागि ८७ कम्पनी योग्य
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले ८७ वटा कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ । नेप्समा सूचीकृत कम्पनीमध्ये ८७ कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य देखिएको हो ।

‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’ अनुसार मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायीमार्फत तोकिएको मार्जिन राखेर सेयर खरिद–बिक्री गर्ने कार्य हो । सामान्य अर्थमा पुँजीबजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको सेयर खरिद गर्न पाउने सुविधा नै मार्जिन कारोबार हो ।

Agni Group
NIC Asia

नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएको छ । यस्तो सूची आर्थिक वर्ष सुरु भएको सात महिनाभित्र अद्यावधिक गरिसक्नुपर्छ ।

सार्वजनिक सूचीअनुसार चालु आर्थिक वर्षका लागि मार्जिन कारोबार गर्न पाउने कम्पनीमा १७ वाणिज्य बैंक, आठ विकास बैंक, पाँच वित्त कम्पनी, १३ जलविद्युत् कम्पनी, १० बिमा कम्पनी र २९ लघुवित्त कम्पनी छन् ।

Global Ime bank

यस्तै, तारागाउँ होटेल रिजेन्सी लिमिटेड, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र शिवम् सिमेन्ट लिमिटेडले पनि मार्जिन कारोबारको सुविधा पाउनेछन् ।

यी कम्पनीका लगानीकर्ताले मार्जिन कारोबार सुविधा पाउनका लागि धितोपत्र दलाल व्यवसायीसमक्ष मार्जिन कारोबारका लागि खाता खोल्नुपर्छ । धितोपत्रको मार्जिन कारोबार गर्ने अनुमति पाएका दलाल व्यवसायीले मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय