site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लाल मोहम्मदका ‘सुटर’सम्म पुग्न सकेन प्रहरी, कनेक्सन अन्डरवर्ल्ड डनसँग !
Sarbottam CementSarbottam Cement

काठमाडौं । असोज ३ गते राति काठमाडौंको गोठाटारमा गोली प्रहार गरी लाल मोहम्मदको हत्या भयो । उनको हत्या आशंकामा तीनजना पक्राउ परेका छन् । तर, मुख्य ‘सुटर’सम्म पुग्न प्रहरी असफल भएको छ ।

राजधानीमै भएको यो घटनामा भारतीय ‘सुटर’ समूहको संलग्नता भएको प्रहरी अधिकारीहरूको अनौपचारिक दाबी छ । घटनामा सहयोगीको भूमिका निर्वाह गरेको आरोपमा पक्राउ पर्नेहरूमा एक महिलासहित तीजना छन् । वीरगञ्ज महानगरपालिका–१५ भिस्वा घर भएका रेहान खान र वीरगञ्ज–१६ घर भएका महोरम मियाँ तथा मकवानपुरको बकैया घर भइ कपन बस्दै आएकी २१ वर्षीया सुस्मिता स्याङतान पक्राउ परेका थिए ।

प्रहरीका अनुसार रेहान र महोरम भारतीय नागरिकले वीरगञ्जमा दिएको दुईवटा पेस्तोल उनीहरूले काठमाडौं ल्याएर सुटरलाई दिएका थिए । त्यसबाफत उनीहरूले ‘कमिसन’ पाएका थिए । सुस्मिताले भने पैसा लिएर गोठाटारस्थित लाल मोहम्मदका गतिविधि निगरानी गरेको प्रहरी दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘सुटर’ले महोम्मद गाडीबाट ओर्लीनाथ पिछा गरेर गोली प्रहार गरेका थिए । गोली प्रहार गरेको सीसीटिभी फुटेज बाहिरिएको थियो । तीनजना पक्राउ परे पनि गोली प्रहार गर्ने व्यक्ति पक्राउ नपरेको प्रहरी अधिकारी नै बताउँछन् । राजधानीमै भएको गोली प्रहारको घटनामा प्रहरी हत्यारासम्म नपुग्नुलाई कतिपयले गम्भीर सुरक्षा कमजोरी मानिरहेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनाली घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँछन् । 

Global Ime bank

प्रहरी अधिकारीहरूको दाबीलाई मान्ने हो भने लाल मोहम्मद हत्याको योजना भारतको नयाँ दिल्ली घर भएका नितेन मदन अरोगाको योजनामा भएको हो । उनी काठमाडौंमा बस्दै आएका थिए । उनको परिवार अहिले पनि काठमाडौंमै छ । काठमाडौंको भोटेबहाल बस्दै आएका नितेनले महोम्मदको हत्याअघि डेरा सारेको खुलेको छ ।
नितेन र लाल मोहम्मदको आपसमा चिनजान रहेको समेत पाइएको छ । उनीहरूबीचमा केही कारोबार समेत भएको पाइएको प्रहरीले बताएको छ ।

महोम्मद गार्मेन्ट व्यावसायी हुन् । उनी जाली नोट कारोबारमा जेलसमेत परिसेकेका थिए । प्रहरीको विशेष व्युरोले पनि घटनाबारे अनुसन्धान र सूचना संकलन गरिरहेको बताइएको छ । मोहम्मदको हत्या कनेक्सन भारतीय अन्डरवल्र्ड डन उदय सेट्ठीसँग रहेको प्रहरी अधिकारीहरू बताउँछन् । उदय सेट्ठी हाल रसुवा कारागारमा छन् । उनी अन्डरवलल्र्ड डन छोटा राजनका मुख्य सहयोगी हुन् ।

काठमाडौंका एक व्यवसायीका छोरालाई अपहरण गरेर १ करोड ५० लाख फिरौती लिएको मुद्दामा उनी जेल परेका हुन् । उनै उदय सेठ्ठीसँग नितेनले नियमित टेलिफोन सम्पर्क गरेको देखिएको छ । हत्यापछि नितेन भेटिएका छैनन् । उनको खोजीमा पनि प्रहरी सक्रिय छ ।

उदय सेठ्ठीसँग नितेनको सम्पर्क देखिएकाले पनि घटना उनीहरूकै योजनामा गराइएको हुनसक्ने प्रहरी आशंका छ । तर, मोहम्मदमाथि गोली प्रहार गर्ने व्यक्ति भारत प्रवेश गरिसकेको प्रहरीकै अधिकारीहरू बताउँछन् । यस्तो अवस्थामा उनीहरूको पहिचान भए पनि नेपाल ल्याउन निकै कठिन भएको प्रहरी अधिकारीहरूको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC