
काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरूमा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप थपिएको छ ।
नेपाल बैंकर्स संघका अनुसार कात्तिक ११ गतेदेखि १८ गतेसम्म वाणिज्य बैंकमा उक्त निक्षेप थपिएको हो । अघिल्लो साता कात्तिक ४ गतेदेखि ११ गतेबीचमा निक्षेप १७ अर्ब १३ करोड रुपैयाँ घटेको थियो ।
कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप थियो । कात्तिक १८ गतेसम्म आइपुग्दा निक्षेप ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ ।
त्यस्तै, ऋण प्रवाह भने एक सातामा एक अर्ब २५ करोड रुपैयाँ घटेको छ । कात्तिक ११ गतेसम्म वाणिज्य बैंकबाट ४२ खर्ब २५ अर्ब रुपैयाँ ऋण प्रवाह भएको थियो । कात्तिक १८ गतेसम्म उक्त ऋण प्रवाह घटेर ४२ खर्ब २४ अर्ब रुपैयाँ कायम भएको छ ।
कात्तिक १८ गतेसम्म कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७.२१ प्रतिशत कायम भएको छ । कात्तिक ११ गतेसम्म सीडी रेसियो ८७.५८ प्रतिशत थियो ।