site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘नो नट अगेन’बारे प्रमुख निर्वाचन आयुक्तले भने– अँध्यारो कोठामा बसेर हुने दुष्प्रचार सैह्य हुँदैन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन् । सोमबार कलाकारहरूसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’बारे बोलिरहँदा कसैलेपनि निर्वाचन र उमेदवारहरूबारे मिथ्या सूचना, चरित्र हत्यालगायतका दुष्परिणामयुक्त शब्दहरूको प्रयोग गर्न नहुने बताए ।

उनले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्नेकुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताए । उनले 'नो नट अगेन, नो नेभर अगेन, इलेक्ट एन्ड अगेन, इलेक्ट अगेन एन्ड अगेन'जस्ता शब्दहरू प्रयोग गर्न आयोगले नरोकेको तर भनिरहँदा सभ्य भाषाको प्रयोग गर्न आग्रह गरे । 

Agni Group
NIC Asia

"यहाँहरूले मजाले नो नट अगेन भन्न पाउनुहुन्छ । नो नेभर अगेन भन्न पाउनुहुन्छ, इलेक्ट एन्ड अगेन, इलेक्ट अगेन एन्ड अगेन भन्न पनि पाउनुहुन्छ । तर सभ्य भाषामा भन्नुपर्छ । मित्रवत भाषामा भन्नुपर्छ । समाजले पचाउने भाषामा भन्नुपर्छ । सामाजिक सञ्जाल भनेर असामाजिक किसिमका कुनैपनि कुराहरू त्यहाँ राखिदिनु हुँदैन भनेका हौँ," उनले भने ।

उनले अगाडि थपे, "आयोगले जुन विषयमा इस्यू उठाएको हो, त्यो विषय भनेको त्यहाँ लेखिएको कुरा तपाईंहरूले हेर्दा, आँखा थुन्नुपर्छ । हेर्नै सक्नुहुन्न । छरपस्टै छ । त्यो कसैले पढ्यो भने कसैले सुन्छ कि भनेर कान थुन्नुपर्छ र जसले लेखेर हालिरहेको छ, उसले त्यस्तै कुरा आफ्नो पक्षमा कसैले गर्दियो भने के भन्छ भनेर सोच्दा त्यो कल्पना गर्न पनि सकिँदैन । त्यस्ता विषय नराखिदिनुहोस् । यस्तो कुरा कहिल्यै पनि राख्नु हुँदैन, अहिले उमेदवारहरू घरदैलोका क्रममा हुनुहुन्छ, तपाईलाई त्यो उमेदवार मन पर्दैन भने घरबस्तीमै गएर जनतालाई सिकाइदिनुस्, किन अध्यारो कोठामा बसेर ढुंगा हान्ने प्रयास गर्नुहुन्छ, उज्यालोमा नै जानुहोस् ।"

Global Ime bank

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले 'नो नट अगेन'बारे विज्ञप्ति जारी गर्दा सामाजिक सञ्जालमा निर्वाचनलाई बिथोल्ने असामाजिक किसिमका कुनैपनि कुराहरू राख्न नहुनेतर्फ मात्रै आम नागरिकहरूको ध्यानाकर्षण गराएको बताए । उनले अँध्यारो कोठामा बसेर निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा समाजमा पुगेर आम नागरिकहरूलाई उमेदवारहरूको सही सूचना दिन अग्रसर हुन सुझाव दिए ।

"लोकतन्त्र, निर्वाचन र अभिव्यक्ति स्वतन्त्रतासँग चरित्र हत्या गर्नेकुरा, मिथ्या सूचना दिने कुरा, दुष्प्रचार गर्ने कुरा र घृणास्पद अभिव्यक्ति दिनेकुरा जोड्न हुँदैन, मिलाउनु हुँदैन । हामी विभिन्न जातजाति, क्षेत्र, सम्प्रदाय, उमेर समूहका छौँ," उनले भने, "निर्वाचनको विषय जोडेर यी विषयसँग सम्बन्धित कुराहरूलाई राखेर, कसैलाई कुनैपनि किसिमले लाञ्छित गर्न पाइँदैन । गालीगलौज गर्न पाइँदैन हामीले भनेका हौँ । अहिले हामी निर्वाचनको अत्यन्त सुन्दर तलाउमा छौँ । कुनामा बसेर वा टाढा बसेर यो सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनुस् भनेको मात्रै हो ।"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu