site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतका पहिलो मतदाता नेगीको १०५ वर्षको उमेरमा निधन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नयाँ दिल्ली । 'भारतको पहिलो मतदाता'को नामले चिनिने श्याम शरण नेगीको १०५ वर्षको उमेरमा निधन भएको छ । बेलायती उपनिवेशबाट स्वाधिनता हासिल गरेर भारतले पहिलो आमनिर्वाचनको आयोजना गर्दा उनी मतदान गर्ने पहिलो व्यक्ति भएको बताइन्छ । 

त्यसयता नेगीले प्रत्येक चुनावमा नियमित रूपमा मतदान गर्दै आएका थिए । उमेरले १०० नाघेका नेगीले मृत्युवरण गर्नु तीन दिन अघि पनि मतदान गरेका थिए । उनले आफ्नो हिमाचल राज्यको विधानसभाको चुनावमा मतदान गरेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

भीषण हिमपातबाट बच्न सन् १९५२ को चुनावको मितिभन्दा पाँच महिना अगावै सन् सन् १९५१ को प्रारम्भमा आफ्नो राज्यमा आयोजित चुनावमा मतदान गर्ने अवकाशप्राप्त शिक्षक नेगी पहिलो मतदाता रहेको बताइएको छ । भारतले स्वाधीनता हासिल गरेपछिको त्यो पहिलो आम निर्वाचन थियो । 

सो चुनावमा भारतीय राष्ट्रिय कंग्रेसले अत्यधिक मतले चुनाव जितेको थियो । त्यसपछि सन् १८४८ देखि १९४७ सम्म अर्थात झण्डै एक सय वर्ष वेलायती उपनिवेश बन्न बाध्य भारतले जवाहरलाल नेहरूलाई प्रजातान्त्रिक ढंगले निर्वाचित पहिलो प्रधानमन्त्रीको रूपमा पाएको थियो ।

Royal Enfield Island Ad

आगामी १२ नोभेम्बरमा हुने चुनाव अघि नै हुलाकमार्फत निधन हुनुअघि मतदान गरेका नेगीलाई चुनाव आयोगका अधिकारीहरूले रातो कार्पेट ओछ्याएर भव्य स्वागत गरेका थिए । नाजुक स्वास्थ्यका कारण पहिलोपटक उनले मतदानस्थलमा नगई यसरी हुलाकमार्फत मतदान गरेका हुन् । 

शनिबारको चुनाव र्‍यालीमा सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेगीप्रति श्रद्धान्जली व्यक्त गरेका थिए । सरकारले नेगीको उनकै गाउँ कल्पमापूर्ण राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने बताएको छ । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro