site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डोनाल्ड ट्रम्पले भने– सुरक्षित अमेरिका बनाउन फेरि चुनाव लड्न सक्छु
तस्बिर : एजेन्सी ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो भावी योजनाबारे अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण संकेत चुहाएका छन् । उनले आफूले फेरि ह्वाइट हाउसका लागि प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् ।

ट्रम्पले आइओबामा आफ्ना समर्थकहरूको भिडलाई आफूले सन् २०२४ मा फेरि राष्ट्रपतिय चुनाव लड्ने धेरै सम्भावना रहेको बताएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आगामी साता हुने मद्यावधि चुनावका लागि रिपब्लिकन उमेदवारहरूको प्रचारप्रसार अभियानको क्रममा पाँच दिनमा आयोजना हुने चारवटा र्‍यालीको पहिलो दिन उनले आफ्नो योजनाबारे यस्तो अभिव्यक्ति दिएका हुन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेन पनि मत माग्दै पूरै अमेरिकाको यात्रामा छन् । तर आगामी मंगलबार हुने चुनावको मतपत्रमा ट्रम्प र बाइडेन दुवै छैनन् ।  अमेरिकी मतदाताहरूले अमेरिकी कंग्रेसमा र प्रमुख राज्य गभर्नरहरूमा शक्ति सन्तुलनको निर्णयका लागि मतदान गर्दैछन् । तर यस मद्यावधि चुनावले दुई वर्षको अवधिमा हुने राष्ट्रपतीय चुनाव अघि नै अमेरिकी राजनीतिक परिदृश्य तय गर्ने छ । 

Royal Enfield Island Ad

बिहीबार राति रिपब्लिकन ट्रम्पले पुन: एकपटक व्यापक चुनावी धाँधलीका कारण आफूले सन् २०२० को निर्वाचनमा पराजय भोग्नुपरेको दाबी गरेका छन् । 

ट्रम्पले भनेका छन्, “मैले दुईचोटि चुनाव लडेँ । दुवै पटक मैले जितेँ । पहिलो भन्दा दोस्रो प्रतिस्पर्धामा मैले राम्रो गरेँ । सन् २०१६ को तुलनामा मैले २०२० मा लाखौँ बढी मत हासिल गरेँ । त्यसैगरी अमेरिकी इतिहासमै कार्यकालमा रहेका अन्य कुनै पनि राष्ट्रपतिले भन्दा बढी मत हासिल गरेँ । अब हाम्रो मुलुकलाई सफल, सुरक्षित र प्रतिष्ठित बनाउनका लागि मैले पुन: चुनाव लड्ने बढी भन्दा बढी सम्भावना रहेको छ ।"

बीबीसीबाट । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  २३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro