राजनीति
काठमाडौं । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट उमेदवारी दिएकी डा. तोसिमा कार्कीको उमेदवारी कायम राख्न सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध निवेदन दिएको छ ।
आयोगले शुक्रबार अदालतको अन्तरिम आदेश खारेज गर्न निवेदन दिएको हो ।
आयोगले लाभको पदमा रहेको बताउँदै तोसिमाको उमेदवारी खारेज गरेको थियो । तर, आयोगको निर्णयविरुद्ध उनी सर्वोच्च पुगेकी थिइन् ।
अदालतले प्रारम्भिक सुनुवाइपछि तोसिमाको उमेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश दिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९ १७:५७
प्रतिक्रिया दिनुहोस्