खेल
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ‘लक्ष्मी बैंक खुल्ला गल्फ टुर्नामेन्ट २०२२’ भोलि आयोजना गर्ने भएको छ । बेंकले सातौँ संस्करणको गल्फ टुर्नामेन्ट गर्न लागेको हो ।
उक्त टुर्नामेन्टमा महिला तथा पुरूष गरी १०० जना सहभागी हुने बताइएको छ ।
टुर्नामेन्टमा सिनियरमा ६० वर्षमाभन्दा माथि उमेर समूहका र जुनियर मा १७ वर्ष तलका सहभागी हुनेछन् । गल्फ टुर्नामेन्ट गोकर्णमा रहेको गल्फ क्लबमा शनिबार रहेको बताइएको छ ।
बैंकले यस्तो टुर्नामेन्ट सन् २०१४ देखि गर्दै आएको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९ १५:४६
प्रतिक्रिया दिनुहोस्