दाङ । दाङ क्षेत्र नं. ३ मा नेकपा एमालेकी उमेदवार कोमल वलीले निर्वाचन आचारसंहिता विपरित स्कुले बालबालिकाको प्रयोग गरी आफ्नो पक्षमा भोट माग्न आग्रह गरेकी छन् । कात्तिक १५ गते दिउँसो बबई गाउँपालिका–१ गंगटेको सरस्वती जनता माविमा एमालेका ३ (ख) का प्रदेश उमेदवार हुकुमबहादुर बस्नेतसँगै गएकी उनले बालबालिकालाई एकै ठाउँमा भेला गरी गीत सुनाएपछि आफ्नो पक्षमा गाउँ घरमा गएर भोट माग्न आग्रह गरेकी थिइन् । निर्वाचन आयोगले निर्वाचनमा बालबालिकाको प्रयोगलाई बर्जित गरेको छ ।
गंगटे जिल्लाको सबैभन्दा पश्चिमको भूगोल हो । विद्यार्थीलाई भोटको रुपमा उपयोग गरेको तथा उक्साएकोबारे उमेदवार वलीले विद्यालय परिवारको आग्रहमा आँफू त्याहँ पुगेको बताइन् ।
गीत गाएपछि उनले सबैलाई ‘नेकपा एमाले जिन्दाबाद !’ र ‘भोट के मा सूर्यमा’ भन्ने नारा लगाउन लगाएको एक विद्यार्थीले जानकारी दिए । उमेदवार वलीले घरमा गएर आफ्ना बुवा आमा, आफन्तलाई सूर्यमा भोट हाल्न आग्रह गर्नुका साथै एमालेको पक्षमा महोल बनाउन गाउँ टोलमा खटिन आग्रह गरेको भनेर आँफूलाई छोरीले घरमा आएर बताएको एक अभिभावलकले जानकारी दिएका छन् ।
विद्यालयको प्राधानाध्यापक नरेन्द्र साहुले मध्यान्ततरको समयमा उनीहरुले सबै विद्यार्थीलाई एकै ठाउँमा भेला गरी आफ्नो कुराहरु राखेको स्वीकार गरे ।