देश
काठमाडौं । तनहुँमा १० वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–८, गणपते बस्ने ६३ वर्षीय राम्जीबहादुर थापा क्षेत्री छन् । गए राति प्रहरीले उनलाई पक्राउ गरेको हो ।
स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै फकाई लगी ती बालिकालाई थापाले बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ १२:१४
प्रतिक्रिया दिनुहोस्