site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास थालेपछि उत्तर कोरियाले दियो चेतावनी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सोल । अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैनिक अभ्यास विस्तार गरेपछि उत्तर कोरियाले अमेरिकाको आलोचना गरेको छ । सोलले अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासलाई आफूमाथिको सम्भावित आक्रमणको तयारीका रूपमा लिएको छ । 

मंगलबार उत्तर कोरियाको विदेश मन्त्रालयले संयुक्त अभ्यासलाई लिएर थप शक्तिशाली कदमहरू चालिने चेतावनी दिएको छ । अमेरिका र दक्षिण कोरियाले  एफ–३५ लडाकु जेट विमानसहित २०० वटा भन्दा बढी विमान सम्मिलित हवाई अभ्यास थालेपछि उत्तर कोरियाको चेतानीयुक्त प्रतिक्रिया आएको हो । 

उत्तर कोरियाले धमाधम हातहतियार परीक्षण गर्दै आणविक हमलाको धम्की दिन थालेपछि अमेरिका र दक्षिण कोरियाले पनि आफ्नो प्रतिरक्षा बढाउन थालेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उत्तर कोरियाले नयाँ कीर्तिमान नै राखेर यस वर्ष हतियारको प्रदर्शन गरेको छ । विकासको क्रममा रहेको अन्तरमहादेशीय क्षेप्यास्त्र र मध्यम दुरीका क्षेप्यास्त्रलगायत उत्तर कोरियाले ४० भन्दा बढी 

ब्यालेस्टिक क्षेप्यास्त्र जापानतर्फ प्रक्षेपण गरेको छ ।

Royal Enfield Island Ad

अमेरिका र दक्षिण कोरियाले फेरि यस वर्ष ठुलो सैनिक अभ्यास सुरु गरेका छन् । विगतका केही वर्ष प्योङयाङसँग कूटनीतिक दायरा सिर्जना गर्ने प्रयास र कोरोना महामारीका कारण संयुक्त सैनिक अभ्यासको आकारलाई घटाइएको थियो । 

'सतर्क तुफान' नाम दिइएको अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त हवाई सैनिक अभ्यास शुक्रबारसम्म जारी रहने छ । यसअघि दक्षिण कोरियाले आफ्नो वार्षिक १२ दिने 'होगुक' स्थल सैनिक अभ्यास सम्पन्न गरेको थियो । त्यसमा पनि केही अमेरिकी सेनाको सहभागिता रहेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् । 

एपीबाट ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  ००:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro