site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुहिने र नकुहिने फोहोर छुट्याउने बालेनको योजना अलपत्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को फोहोर वर्गीकरण गर्ने योजना अलपत्र परेको छ । फोहोरबाट ‘मोहोर’ बनाउने योजना बनाएका बालेनले सबै जिम्मा नागरिकलाई नै दिएर पन्छिएपछि फोहोर वर्गीकरणको सबै काम अलपत्र परेको हो । 

गत साउन १ गतेदेखि महानगरले तामझामका साथ कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरका घर–घरमा पर्चा वितरण गरेको थियो । फोहोर वर्गीकरण नगर्नेलाई एकपटकमा ५०० रुपैयाँ जरिवानासमेत तोकिएको थियो । 

त्यसबेला महानगरका कर्मचारीले समेत नछुट्याइएको फोहोर उठाएनन् । तर, पछिल्लो समय फोहोर वर्गीकरण गर्ने नियम महानगरबासीले बिर्सिसकेका छन् । हाल दैनिक फोहोर उठे पनि कुहिने र नकुहिने फोहोर नछुट्याइएको कृषि तथा वातावरण विभागले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना तिराउने भनिएको थियो । 

Global Ime bank

पहिले जस्तै अहिले पनि कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फ्याँक्ने काम भइरहेको विभागकी प्रमुख सरिता राईले बताइन् । उनका अनुसार अहिले दैनिक २०० मेट्रिक टनभन्दा बढी फोहोर उठिरहेको छ । महानगरलाई फोहोरको भार कम हुँदै गएकाले अहिले सहज रुपमा काम भइरहेको राईले दाबी गरिन् । 

महानगरको फोहोर वर्गीकरण गर्ने योजना पुनः कार्यान्वयन गर्ने चरणमा रहेको उनले बताइन् । “फोहोर वर्गीकरण गर्ने योजना अलपत्र परेको छैन । फोहोरलाई कम्पोस्टिङ गर्ने भन्न नै हो । यसका लागि हामीलाई अहिलेसम्म जग्गा प्राप्त भएको छैन । छिमेकी नगरका विभिन्न ठाउँ हेर्ने काम भइरहेको छ,” विभागीय प्रमुख राईले भनिन्, “फोहोरलाई कम्पोस्टिङ गर्नको लागि करिब २०० रोपनी जग्गा चाहिन्छ ।” 

जग्गा उपलब्ध नहुँदा महानगरले टेन्डर आह्वान गर्न सकेको छैन । त्यसको विकल्पको रुपमा महानगरलाई आठ वटा कलस्टरमा विभाजन गरेर आ–आफ्नो क्षेत्रको फोहोर आफै व्यवस्थापन गर्नेबारे पनि छलफल भइरहेको प्रमुख राईले बताइन् । 

“यसका लागि पनि प्रारम्भिक जाँच भइरहेको छ । स्यानिटरी ल्यान्डफिल साइट बञ्चरेडाँडामा पनि फोहोर छानेर जीविकोपार्जन गर्ने काम भइरहेको छ,” उनले भनिन्, “अबको हाम्रो लक्ष्य आफ्नो क्षेत्रमा फोहोर व्यवस्थापन गरेर जतिसक्दो ल्यान्डफिल साइटमा कम फोहोर लैजाने हो ।” 

महानगर कृषि तथा वातावरण विभागले संकलित फोहोर उठाउन क्षेत्र बाँडेर दुईवटा रुट बनाएको थियो । जसअन्तर्गत पहिलो रुटमा आइतबार र बुधबार तथा दोस्रो रुटमा सोमबार र बिहीबार कुहिने फाहोर उठाइने तालिका थियो । बाँकी दुई दिन नकुहिने फोहोर उठाइने तालिका थियो ।  

पहिलेदेखि नै फोहोर व्यवस्थापनको काम निजी क्षेत्रले गर्दै आएकाले असहज भएको महानगरले दाबी गर्दै आएको छ । महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउन केही पूर्वाधारहरु तयार गरिरहेको पनि विभागले जनाएको छ । ल्यान्डफिल साइटमा अव्यवस्थित तरिकाले फोहोर फाल्दा पटक–पटक धुनीबेँसी नगरपालिकाका स्थानीयले अवरोध गर्दै आएका छन् । 

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएलगत्तै बालेन फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा रहेको भन्दै सिसडोल र बञ्चरेडाँडा पुगेका थिए । उनले सार्वजनिक कार्यक्रममा समेत ६०० मेट्रिक टन फोहोर आफ्नै क्षेत्रमा व्यवस्थापन गर्न सकिने गरी योजना बनाइरहेको बताउँदै आएका छन् । महानगरले आर्थिक वर्ष २०७९/८० को बजेटमा आफ्नै क्षेत्रमा फोहोर व्यवस्थापन तथा आधुनिक उद्योग स्थापना गर्न ६५ करोड रुपैयाँ छुट्याएको पनि छ । 

विभागीय प्रमुख राईका अनुसार अहिले काठमाडौं महानगरभित्र मात्रै ३६ वटा कम्पनीले फोहोर संकलनको काम गर्छन् । महानगर  क्षेत्रमा मात्रै उपत्यकाको ५० प्रतिशत फोहोर उत्पादन भइरहेको छ । उपत्यकाका अन्य पालिकामा कति वटा कम्पनीले फोहोर उठाउँछन् भन्ने विवरण भने महानगरमा छैन । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement