site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राति लुकेर फोहोर फाल्नेमाथि कारबाही गर्न नगरप्रहरीको गस्ती, २५ हजारसम्म जरिबाना
SkywellSkywell

काठमाडौं । काठमाडौं महानगरपालिकाले रातिको समयमा जथाभावी फोहोर फाल्नेमाथि कारबाही सुरु गरेको छ । सार्वजनिक स्थलमा लुकिछिपी फोहोर फाल्नेलाई लक्षित गर्दै रातिको समयमा नगरप्रहरी खटाउन सुरु गरिएको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए । 

एसपी पाण्डेका अनुसार सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्नेलाई फोहोरको प्रकृति र मात्रा हेरेर १ हजारदेखि २५ हजारसम्म जरिबाना तिराउने गरिएको छ । रातिको समयमा चारवटा समूह बनाएर खटिएको २० जनाको टोलीले जथाभावी फोहोर फालेको भेट्टाए तत्काल पक्राउ गरेर कार्यालयमा थुन्ने गरेको छ । 

Dabur Nepal
NIC Asia

महानगरको नीति बमोजिम जरिबाना तिराउने काम भइरहेको एसपी पाण्डेले बताए । महानगरले फोहोरको दीर्घकालीन समाधान नखोज्दा पटक–पटक फोहोरको समस्या देखिँदै आएको छ । केही महिनायता निरन्तर फोहोर उठ्दै आएको महानगरले जनाएको छ ।

महानगरका अनुसार रातिको समयमा सार्वजनिकस्थलमा फोहोर फाल्ने प्रवृत्ति अन्त्य गर्न सो काम थालिएको हो । चर्को जरिबाना तिर्नुपर्ने डरले पनि फोहोर नफाल्ने बानी बसाल्न सजिलो हुने महानगरले जनाएको छ ।

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार साउनमा एक लाख ५२ हजार ५००, भदौमा ९९ हजार ५०० र असोजमा १ लाख ४८ हजार ५०० रुपैयाँ जरिबाना तिराइएको छ । महानगरले आम सर्वसाधारणलाई लुकिछिपी सार्वजनिकस्थलमा जथाभावी फोहोर नफाल्न अनुरोध गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu