देश
गोरखा । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उनको एक्कासि लडेर मृत्यु भएको हो ।
नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनुअघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । राना एमालेबाट वडाध्यक्षमा निर्वाचत भएका थिए ।
वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिए ।
गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट वडाध्यक्षमा विजयी भएका थिए । उनी एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवासंघको नेपालको केन्द्रीय सचिवालय सदस्य समेत थिए । रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९ ११:०४
प्रतिक्रिया दिनुहोस्