site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
३१ महिनामा पूरा हुने डीपीआर ६ वर्षमा पनि निर्माण भएन
Siddhartha BankSiddhartha Bank

जाजरकोट । एकतीस महिनाभित्र डीपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएकामा ६ वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन ।

सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डीपीआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अष्ट्रेलियाको स्नोइ माउन्टेन इञ्जीनियरिङ कर्पोरेशन (स्मेक), एमडब्ल्यूएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पटक–पटक म्याद थप्दा पनि डीपीआरको काम पूरा नभएपछि जाजरकोटका बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । विद्युत् उत्पादनगृहमा माटो जाँचका लागि खनिएको सुरुङको काम बीच–बीचमा छोड्दै निर्माण गर्दा ढिला भइरहेको छ । अब ३५५ मिटर सुरुङमध्ये अहिलेसम्म तीन सय ५२ मिटर मात्र खनिएको र बाँकी एक हप्ताभित्र पूरा हुने उक्त आयोजनाका इञ्जीनियर पदम थापाले बताए । 

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन वन मन्त्रालयमा अध्ययन भइरहेको, स्मेकलाई डीपीआरको काम छिटो सक्न पटक–पटक म्याद थपेर काम गराइरहेको र असारसम्म त्यो सबै रिपोर्ट आइसक्ने उनले जानकारी गराए । उक्त नगरपालिकाको वडा ७ स्थित दल्लीमा विद्युतगृह र बारेकोट गाउँपालिका–८को अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ ।

Global Ime bank

उक्त नगरपालिकास्थित नलगाड खोला र ठूलीभेरीको दोभान नजिकै भूमिगत पावरहाउस निर्माण गरिने जनाइएको छ ।  बारेकोटको अँधेरीखोलाबाट दल्लीसम्म साढे आठ किमी लामो मुख्य सुरुङ र दुईदेखि तीन किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बनाइने भएको छ । पाँच सय मिटर लामो र दुई सय ४८ मिटर अग्लो बाँध बनाइनेछ ।

जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुने बताइएको छ । आयोजनामा चारवटा टर्बाइन राखिने छन् । प्रत्येक टर्बाइनबाट १०४ दशमलव २५ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट एक वर्षमा एक हजार २३२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुन्छ ।

आयोजनाबाट उत्पादित विद्युत् चार सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर सबस्टेशनमा जोड्ने योजना छ । आयोजनास्थलबाट कोहलपुरसम्म ११२ किमी लामो प्रसारण लाइन निर्माण भइरहेको छ । आयोजनाले असर पर्ने क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गरिसकेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement