site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पत्रिका नछापिने र प्रचार नहुने भन्दै कांग्रेसको घोषणापत्र गरिएन सार्वजनिक 
SkywellSkywell

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम पटक–पटक स्थगित गरिएको छ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार पारिएको घोषणापत्र शनिबार बेलुका नै सार्वजनिक गर्ने तयारी थियो । तर, प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा व्यस्त रहेको भन्दै त्यो दिन सार्वजनिक गरिएन ।

त्यसपछि आइतबार (हिजो) बेलुका ५ बजे घोषणापत्र सार्वजनिक गरिने बताइएको थियो । बेलुका ५ बजे भर्चुअल रूपमा घोषणापत्र सार्वजनिक गरिने भन्दै कांग्रेस केन्द्रीय कार्यालयबाट विज्ञप्ति जारी गरिएको थियो । तर, अन्तिम समयमा सोमबार बिहान साढे ३० बजे घोषणापत्र सार्वजनिक गर्ने भन्दै स्थगन गरियो ।

Dabur Nepal
NIC Asia

घोषणापत्र लेखन समितिका प्रवक्ता समेत रहेका सहमहामन्त्री जीवन परियारले सभापति देउवाको व्यस्तताका कारण अन्तिम समयमा कार्यक्रम रोक्नुपरेको बताएका थिए ।

तर, सोमबार पनि घोषणापत्र सार्वजनिक गरिएन । बिहान विज्ञप्ति जारी गर्दै घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमलाई अनिश्चित समयका लागि स्थगित गरिएको छ ।

आखिर किन पटक–पटक सो कार्यक्रम स्थगित गरियो ? सहमहामन्त्री परियार सभापति देउवाको व्यस्तताका कारण घोषणापत्र सार्वजनिक गर्न नसकिएको बताउँछन् ।

“(आज) ११ बजे गठबन्धनको कार्यक्रम भएकाले तयारी गर्नुपर्‍यो । त्यसकारण अन्तिम समयमा आएर हामीले कार्यक्रम स्थगन गर्नुपरेको हो,” उनले भने ।

समितिका अर्का एक सदस्य भने तिहार बिदाका कारण मंगलबारदेखि तीन दिन छापा पत्रिका प्रकाशन नहुने भएकाले पनि घोषणापत्र सार्वजनिक नगरिएको बताउँछन् ।

“मंगलबारबाट प्रिन्ट मिडिया बन्द हुनेरहेछ । यत्रो दुःख गरेर लेखेको घोषणापत्रको प्रचार नहुने भयो,” समितिका एक सदस्यले बाह्रखरीसित भने, “पत्रिकामा फोटो, समाचार आएन भने त दुःख गरेको के अर्थ भयो र ! अनि, सार्वजनिक नगरिएको हो ।”

५० पृष्ठमा लेखिएको घोषणापत्र अब यही कात्तिक ११ गते सार्वजनिक गर्ने तयारी छ ।

घोषणापत्रमा सुशासन र आर्थिक विषयलाई प्राथमिकता दिइएको छ । यस्तै, राज्यको परराष्ट्र नीति, आर्थिक नीति, शिक्षा, स्वास्थ्यलगायत विषयलाई उच्च प्राथमिकता दिइएको परियारले जानकारी दिए ।

समितिले विषयगत समिति बनाएर घोषणापत्रमाथि छलफल गरिएको थियो । सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट समेत सुझाव मागिएको थियो । ती सबै विषयलाई समेटेर घोषणापत्र लेखिएको उनले जानकारी दिए ।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय समितिका डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, डा. कृष्णप्रसाद पौडेल, गेजा शर्मा वाग्लेजस्ता विषयगत विज्ञहरूले घोषणापत्र लेखेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu