site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालयन बैंकले ५३ करोड नाफा गर्दा सिभिलको ४१ करोड

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको नाफा बढेको छ । हिमालयन बैंकले सिभिललाई गाभ्ने सम्झौता गरेको छ ।

हिमालयन बैंकले यो वर्षको पहिलो त्रैमासमा ५३ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष पहिलो त्रैमासमा हिमालयन बैंकको नाफा ४५ करोड रुपैयाँ थियो ।

सिभिल बैंकले यो अवधिमा ४१ करोड रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड १८ रुपैयाँ नाफा गरेको थियो ।

हिमालयन बैंकले असोज मसान्तसम्म एक खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ५२ अर्ब कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष असोज मसान्तसम्म हिमालयन बैंकले एक खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । कर्जा एक खर्ब ४७ अर्ब रुपैयाँ थियो ।

सिभिल बैंकको असोज मसान्तसम्म ९२ अर्ब निक्षेप संकलन गरेर ८३ अर्ब कर्जा दिएको छ । गत वर्ष असोज मसान्तसम्म सिभिलले ९४ अर्ब निक्षेप संकलन गरेर ८३ अर्ब कर्जा दिएको थियो ।

असोज मसान्तसम्म सिभिल बैंकको पुँजीकोष अनुपात १६ प्रतिशत छ । बैंकको कर्जा निक्षेप अनुपात ८६.८० प्रतिशत छ । ब्याजदर अन्तर (स्प्रेड) ४.३२ प्रतिशत छ । कर्जाको न्यूनतम आधार दर (बेसरेट) ११.०९ प्रतिशत छ ।

हिमालयन बैंकको पुँजीकोष अनुपात १२.६७ प्रतिशत छ । खराब कर्जा २.३१ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ९०.४० प्रतिशत छ । बेसरेट १०.४३ प्रतिशत छ । स्प्रेड ३.८९ प्रतिशत छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro