site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिभिल बैंकको नाफा ४२ प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष ९आव० २०७९/८० को पहिलो त्रैमासम्ममा सिभिल बैंकको नाफा ४२.२२ प्रतिशतले वृद्धि भएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा वृद्धि भएको हो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि भएसँगै खुद नाफा पनि वृद्धि भएको हो । गत आवको पहिलो त्रैमाससम्म २९ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा ४१ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

बैंकको खुद ब्याज आम्दानी ६२.२० प्रतिशत वृद्धि भएको छ । खुद सञ्चालन मुनाफा २८.४८ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्म ९० करोड ६९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको यो बैंकले चालु आवको सोही अवधिमा एक अर्ब १६ करोड ५२ लाख रुपैयाँ खुद सञ्चालना मुनाफा गरेको छ ।

बैंकले हालसम्म ८३ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने ९२ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आवको पहिलो त्रैमाससम्मको तुलनामा निक्षेप संकलन घटेको छ भने कर्जा प्रवाह बढेको छ । निक्षेप संकलन २ प्रतिशत घटेको छ । कर्जा प्रवाह भने ०.४१ प्रतिशतले वृद्धि भएको छ ।

बैंकको चुक्तापुँजी नौ अर्ब सात करोड ५८ लाख रुपैयाँ कायम भएको छ भने जगेडा कोषमा दुई करोड ४९ लाख ३३ हजार रुपयाँ कायम भएको छ । जगेडा कोषको रकम ३२.२३ प्रतिशत वृद्धि भएको हो । गत वर्ष त्रैमासम्मको अवधिकमा जगेडा कोषमा एक अर्ब ८८ करोड रुपैयाँ थियो ।

त्यस्तै बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको त्रैमाससम्म बैंकको खराब कर्जा ०.९६ प्रतिशत थियो भने १.४१ प्रतिशत कायम भएको छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ २९ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  ०८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro